Thursday 28th March 2024

हेर्नुहोस छोरीसँग मस्ती गर्दै धोनी (भिडियो सहित)

5 years अगाडी

एजेन्सी। भारतीय क्रिकेट टीमका स्टार क्रिकेटर एवं पूर्व कप्तान महेन्द्र सिंह धोनी आफ्नी छोरी जीवासँग मस्ती गर्दै गरेको भिडियो भाइरल भएको छ।

सामाजिक संजालमा भाइरल भइरहेको यो भिडियोमा धोनी र जीवा स्वीमिङ पुलमा छन्। धोनी जीवनसँग खेलिरहेका छन्। त्यहाँ धोनीले पालेको कुकुर पनि देख्न सकिन्छ। धोनीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल १ नोभेम्बर २०१८ मा खेलेका थिए।

त्यसपछि उनी ब्रेकमा छन्। अब उनी अष्ट्रेलिया विरुद्धको वन डे सीरीजमा टिम इण्डियाकालागि उनी फेरि खेल्नेछन्। यो बीचमा धोनीले आफ्नो परिवारसँग निकै समय बिताएका छन्। यो बीचमा धोनीका केही भिडियो भाइरल पनि भए।

टीम इण्डिया अष्ट्रेलिया विरुद्ध १२ जनवरीमा तीन खेलको वन डे सीरीज खेल्दैछ। यो खेल १२, १५ र १८ जनवरीमा सिड्नी र एडिलेडमा खेलिँदैछ। योसँगै भारतको दुई महिनाको यात्रा पनि पूरा हुनेछ।

भिडियो हेर्नुहोस :

          January 3, 2019 1:49 pm | भिडियो


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...