Tuesday 23rd April 2024

धुर्मुसको मञ्चमा प्रधानमन्त्री ओलीको बेजोड हास्यव्यंग् (भिडियो सहित)

5 years अगाडी

बुधबार राजधानीमा आयोजित धुर्मुस सुन्तली फाउण्डेसनको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बेजोड हास्यव्यङ्ग्यात्मक अभिव्यक्ति राख्दा हल बारम्बार हाँसोले गुञ्जियो। सम्बोधनकै क्रममा प्रधानमन्त्रीको हास्यरसयुक्‍त अभिव्यक्ति र शैली सुरु भएको थियो। त्यो क्रम बीचबीचमा निरन्तर चल्यो।

कार्यक्रम थियो- गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको औपचारिक घोषणा सभा। तीन अर्वको लागतमा करिब साढे दुई वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय रङ्गशाला बनाउन धर्मुससुन्तली फाउण्डेसनले दायित्व पाएको छ। त्यही दायित्व सुम्पनका लागि आयोजित हस्ताक्षर एवं घोषणा सभामा प्रमुख आकर्षणमा प्रधानमन्त्री ओलीको उपस्थिति थियो।

कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, भरतपुर महानगरकी मेयर रेणु दाहाल, हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित दलका नेता एवं विशिष्ट व्यक्तिहरू उपस्थित थिए। खचाखच हलमा जव प्रधानमन्त्री मञ्चमा सम्बोधनका लागि उभिए, त्यसपछि सुरु भयो हास्यव्यङ्ग्यको सिलसिला।

प्रधानमन्त्रीले सम्बोधनका क्रममा ‘नेपाली कांग्रेसका महामन्त्री डा. कोइरालाज्यू’ भनेपछि हल हाँसोले गुञ्जियो। नाम सम्झिन अलमलिएका प्रधानमन्त्रीले हाँसो गुञ्जिए पछि उहाँको नाम मैले बिर्सेको छैन भन्दै सशाङ्क कोइरालाज्यू भनेपछि हाँसो झनै थपियो। हेर्नुस् यो भिडियोः

          January 31, 2019 11:58 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...