Wednesday 24th April 2024

काठमाडौंको यौन बजारः दलाल भन्छन दाम राम्रो देउ हिरोइन मिलाइदिन्छु !

5 years अगाडी

राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन, यौनकर्मी ठगिन्छन् ।

कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीच कुरा मिलाई नाफा खाने व्यक्ति’ दलाल हो भन्छ, नेपाली बृहत् शब्दकोश । महिलाको शरीरलाई वस्तु ठान्ने तिनै दलालहरूको बिगबिगी छ, काठमाडौँका यौनधन्दा हुने इलाकाहरूमा । दलालहरू यौनकर्मीलाई ग्राहक जुटाइदिने र ग्राहकलाई यौनकर्मीसम्म पु¥याइदिने काम मात्रै गर्दैनन, दुवै पक्षलाई लुट्ने काम पनि गर्छन् ।

प्रहरीका अनुसार आफूलाई ‘गाइड’ बताउने यस्ता दलाल विभिन्न आवरणमा छ्यापछ्यापती भेटिन्छन् । रात्रिकालीन व्यवसाय सञ्चालन भइरहेका स्थान वरपर दलालहरूको राज नै चल्छ । ‘उनीहरू यौनकर्मी र व्यवसायीले भन्दा कैयौँ गुणा नाफा कुम्ल्याउँछन,’ डीएसपी सोमेन्द्रसिंह राठौर भन्छन् ।

‘हिरोइन मिलाइदिन्छु’ भन्दै ठग्ने ‘गाइड’ : क्यानडाबाट आएका मनोज गौतम एक साँझ ठमेलको डान्सबारमा रमाइलो गरेर बाहिर निस्केका थिए । उनलाई दलाल सञ्जीव बोहोराले ‘नाम चलेको हिरोइन मिलाइदिने’ कुरा गरे । आफूलाई गाइड बताउने उनले मनोजलाई ठमेलबाट दरबारमार्ग पुयाए । जहाँ हिरोइनसम्म पुयाइदिने दाबी गर्ने दलालहरू चाहेजति भेटिन्छन् । सञ्जीवको सम्पर्क ट्याक्सी चालक अनिल तामाङसँग थियो ।अनिलसँग मनोजको बार्गेनिङ चल्यो । फलानो नाम गरेको हिरोइनसँग रात बिताउने व्यवस्था मिलाइदिने र त्यसबापत ३५ हजार रुपैयाँ खर्च लाग्ने अनिलले बताए । गौतम हौसिएर ‘३५ किन ? ४० दिन्छु’ भन्दै ट्याक्सी चढिहाले । अनिल र सञ्जीवले उनलाई ट्याक्सी चढाएर गौशाला र एयरपोर्ट्तिर घुमाए ।

हिरोइनलाई होटलमै ल्याइदिन्छु’ भन्ने आश्वासन दिएर मनोजलाई सिनामंगलको एउटा होटलको कोठामा र्पुयाए । अनिलले आफ्नो सम्पर्कमा भएका दुईजना केटी बोलाए, जो आकर्षक चालढालका थिए र आफूलाई मोडल बताउँथे । अनिलले ‘हिरोइन आउने बेलासम्म यिनै मोडलसँग रमाइलो गरौँ’ भने । कथित मोडलहरूसँग रमाइलो गर्दागर्दै गौतम बेहोस भए । बेहोसी उत्रिँदा मात्र उनले आफू लुटिएको पत्तो पाए । हिरोइनलाई खर्च गर्न भनेर साटेको सात सय यूएस डलर, महँगो मोबाइललगायत चिजबिज स्वाहा भइसकेका थिए ।

‘धोती न टोपी’ भएर मनोज सोह्रखुट्टे प्रहरीचोकी पुगे । उनको उजुरीका आधारमा अनिल र सञ्जीवलाई प्रहरीले पक्राउ र्गयो । कैयौँपटक प्रहरीको फेला परिसकेका सञ्जीव आफ्नो पेशा नै ‘सेक्स ब्रोकर’ भएको बताउँथे । ‘मेरो काम ग्राहक र गाइडको भेट गराइदिने हो,’ हिरोइन, मोडल, राम्रा, नराम्रा सबै ट्याक्सीवाला गाइडले मिलाइदिन्छन् ।’ प्रहरीका अनुसार ‘गाइड’को काम गरेर ट्याक्सी चालक अनिल मासिक तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी गर्छन् । ट्याक्सी ड्राइभिङ त उनको आवरणमात्र हो । सञ्जीवजस्ता कैयौँ ‘जुनियर गाइड’ उनले ठाउँठाउँमा परिचालन गरेका थिए ।

अनलाइनबाट बार्गे्निङ : प्रहरीका अनुसार फेसबुक, भाइबर, वी–च्याटजस्ता सञ्जालमा पहुँच भएका गाइडहरूले अनलाइनबाटै ग्राहक जुटाउँछन् । मोलसमेत उल्लेख भएका फोटोहरू ग्राहकलाई देखाउँछन् । ग्राहकलाई चित्त बुझे भेट्ने स्थान पक्का हुन्छ । गाइडका साथमा युवती पनि आउँछन, जो आफूलाई मोडल भन्छन् र उनीहरूको लवाइ पत्याउने खालको हुन्छ । त्यसपछि ग्राहकलाई होटलमा लिएर जान्छन् । र, सुरु हुन्छ– ग्राहक लुटिइने क्रम । ‘कति केटी त पैसा बुझेर ग्राहकलाई होटलकै कोठामा चुकुल लाइदिएर भाग्ने गरेका पनि छन,’

‘ट्याक्सी चालक धेरै’ : सोह्रखुट्टे प्रहरीको अनुसन्धानले भन्छ– ठमेलका गाइडहरूले ग्राहकलाई दरबारमार्गका ट्याक्सी चालकसम्म र्पुयाउँछन् । दरबारमार्ग वृतका प्रहरीको अनुभवमा पनि ट्याक्सी चालकहरू नै दलालीमा संलग्न छन् । ‘हामीले पछिल्लो छ महिनाको अवधिमा पक्राउ गरेका ५० दलालमध्ये ९० प्रतिशत ट्याक्सी चालक नै छन्,’ सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘ट्याक्सी चालकहरूको गिरोह नै छ । ग्राहकका जस्तासुकै माग पूरा गरिदिन्छु भन्छन् ।’

दलालको अपरिहार्य आवश्यकता’ : प्रहरीको आरोप छ– ‘व्यवसायीहरूले नै दलाल संरक्षण गरिरहेका छन् । ग्राहकलाई गाइड गरेर आफूसम्म ल्याइपु¥याउन दलाल नै गुहार्छन् ।’ प्रहरीका अनुसार होटल, रेस्टुरेन्ट, दोहोरी, क्याबिन, बार, डान्स, क्लबका सञ्चालकहरू निश्चित कमिसन दिएर दलाल खटाउँछन् । दुईतीन ‘स्टेप’ दलाल पार गर्दा ग्राहकले कैयौँ रकम गुमाइसक्छ । यौनकार्यकै लागि मात्र नभएर रेस्टुरेन्टमा खानपानका लागि पनि ग्राहक जुटाउन दलालकै भरपर्ने व्यवसायी पनि रहेको प्रहरी बताउँछ ।

दलालको गिरोह : दलालहरू गिरोह नै परिचालन गरेर ग्राहक ठग्न सक्रिय रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । ग्राहक खोज्ने एउटा तहको दलाल हुन्छ । उसले ग्राहकलाई सोचेजसरी यौनप्यास मेटाउने ठाउँसम्म र्पुयाउनेलगायत आश्वासन दिन्छ । उसले ट्याक्सी चालक वा अर्को कोही उपल्लो दलालसम्म पु¥याउँछ । त्यहाँबाट यौनकर्मीसम्म सम्पर्क हुन्छ । निश्चित ठाउँमा र्पुयाएर केटीहरूले नै ग्राहकबाट मोटो रकम असुलेर भाग्ने पनि गरेका घटना छन् ।

प्यास मेट्न नपाई ठगिनेहरू : शनिवार साँझ काठमाडौँ, कलंकी बस्ने सुजित राई यौनप्यास मेट्न पाइन्छ भन्ने ध्येयले रत्नपार्क पुगे । त्यहाँ यौनकर्मी र ग्राहकहरूबीच बार्गेनिङ चलिरहेको थियो । आफ्ना एक साथीसँग पुगेका उनी त्यहाँ यौनकर्मी खोजिरहेका थिए । त्यत्तिकैमा एक अपरिचित युवाले उनलाई सोधे– ‘केटी चाहिएको हो ? चाहिएको भए दामीदामी छन् ।

एक जनाको दुई हजारमा ‘होल नाइट’ ।’ सुजितलाई लाग्यो– ‘ढुंगा खोज्दा देउतै मिल्यो ।’ चार हजारमा दुईजना जाने ‘ओके’ भएछ । त्यसपछि ती युवाले सुजितलाई ठमेलभित्र कुनामा रहेको डान्सबार र्पुयाए । ‘म त यहाँ बस्दिनँ, केटी लिएर गइहाल्ने हो,’ सुजितले ती दलाललाई तत्काल भने । ‘आत्तिनुपर्दैन, त्यही पैसामा हल्का ड्रिंक्स गर्ने हो, अनि मात्र जान दिन्छन् क्या केटीहरूलाई,’ दलालले सम्झाए ।

डान्सबारमा नाच्ने दुई युवतीलाई छेउमै बसाइदिए । सुजित र उनको अर्को साथीले केही खाएनन् । उनीहरूका छेउमा रहेका युवतीले आफैँ टेबलमा ल्याउँदै वाइन तनातन तन्काइदिए । केही समयपछि टेबलमा बिल पेश भयो– १० हजार रुपैयाँको । सुजित छाँगाबाट खसेझैँ भए ।

डान्सबार ल्याउने दलाललाई खोजे । उनी त कुलेलम ठोकिसकेछन् । काउन्टरमा बस्नेलाई सोध्दा ‘हामी चिन्दैनौँ’ भन्ने जवाफ आयो । ‘खल्तीमा चार हजार मात्र थियो,’ ठमेलको सडकमा भेटिएका उनले पछुताउँदै भने, ‘बर्बादै भइयो । भएको मोबाइल दिएर फुत्केको नि । अरू कसैलाई सुनाऊँ भने आफ्नै बेइज्जत । अब त भुलेर पनि यसरी केटी खोज्दै हिँडिँदैन ।’

सडकैभरि दलाल : साँझसाँझतिर नयाँ बसपार्क क्षेत्रमा सडकैभरि दलाल भेटिन्छन् । बाटोमा हिँडिरहेको बटुवालाई उनीहरू ‘दाइ, गेस्टहाउस चाहियो ?’ भनिरहेका हुन्छन् । उनीहरू गेस्टहाउसमात्र मिलाइदिँदैनन्, यौनकर्मी पनि मिलाउँछन् । ‘ग्राहकको अनुहार पढेरै हामी उनीहरूको आवश्यकता बुझ्छौँ,’ आइतवार नयाँ बसपार्कमा भेटिएका एक दलालले भने । शुक्रवारकर्मी गफिइरहेकै बेला एक ग्राहक उनीकहाँ आइपुगे । सुरुमा ती दलालले गेस्टहाउसबारे सोधे ‘पर्दैन’ भन्ने जवाफ आएपछि उनले फेरि लोभ देखाए, ‘मोडल केटीहरू पनि छन् है दाइ, चाहिन्छ भने भन्नुस् । यस्तो अवसर सँधै आउँदैन ।’ त्यसपछि उनीहरूबीच बार्गे्निङ चल्यो । तीन हजारमा ‘होल नाइट’को कुरा मिल्यो । र, उनीहरू लागे ।

उजुरी नै गर्दैन : डीएसपी राठौरको कार्यकक्षमा एकजना सरकारी इन्जिनियर हस्याङफस्याङ गर्दै पुगे । यौनप्यास मेट्ने आकांक्षामा दलालमार्फत यौनकर्मीसम्म पुगेको बताउने ती इन्जिनियरले आफू लुटिएको सुनाए । उनको मोबाइलसमेत लुटिएको हुँदा श्रीमतीले गरेको फोन ती यौनकर्मीले उठाउने भय उनमा थियो । ‘ती इन्जिनियर उजुरी नै गर्न चाहन्थेनन,’ राठौरले भने, ‘उनको एउटा मात्र माग थियो– मोबाइल बन्द गराइदिनुर्पयो ।’विभिन्न प्रहरी इकाईका अधिकृतहरूका अनुसार यस्ता केही ‘इज्जतदार’ मान्छेहरू समस्या लिएर आउँछन् । तर, उजुरी भने गर्न मान्दैनन् । यौनकर्मी वा दलालबाट लुटिएको खबर अरूलाई सुनाउन धेरैले नचाहने गरेको प्रहरी बताउँछ ।

          January 31, 2019 12:23 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...