फोटो

स्कुलबाट घर फर्कने क्रममा बाटोमा साथीलाई गृहकार्य गर्न सिकाउँदै

स्कुलबाट घर फर्कने क्रममा बाटोमा साथीलाई गृहकार्य गर्न सिकाउँदै

धादिङको सदरमुकाम वुढानिलकण्ठ नगरपालिकामा रहेको सुनगाभा बोडिङ स्कुलमा अध्ययनरत विद्यार्थी स्कुलबाट घर फर्कने क्रममा बाटोमा साथीलाई गृहकार्य गर्न सिकाउँदै । तस्बिर : प्रदीपराज वन्त,
तस्बिरमा राजकुमार ह्यारी र अभिनेत्री मेगनको विवाह

तस्बिरमा राजकुमार ह्यारी र अभिनेत्री मेगनको विवाह

जेठ ५ – बेलायतका राजकुमार ह्यारीले अकेरीकी अभिनेत्री मेगन मोर्कलसँग लगनगाँठो कसेका छन् । उनीहरुको विवाह विण्डसरमा रहेको सेन्ट जोर्जेज च्यापलमा  स्थानीय समय अनुसार मध्याह्न १२ बजे भएको हो । मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन्। सेन्ट जोर्जेज च्यापलमा पुगेलगत्तै ह्यारीका पिता युवराज चार्ल्सले मार्कलको हात डोर्‍याएर भित्र लगेका थिए। महारानी एलिजावेथ र उनका पति ड्युक अफ एडिन्बरा पनि विवाह समारोहमा उपस्थित भए । ह्यारी भने आफ्ना दाजु विलियमसँगै विवाहस्थलमा पुगेका थिए। मेगनको परिवारतर्फबाट उनकी आमा डोरिया मात्र उपस्थित भएकी थिइन । वैवाहिक कार्यक्रम हेर्न सडकमा हजारौंको भीड लागेको थियो । विवाहपछि आधा घण्टासम्म उनीहरुले सर्वसाधारणको अभिवादन ग्रहण गरेका थिए । अभिवादनका लागि पहिले नै तयारी गरेर २ दिन अगाडि रिहर्सलसमेत गरिएको थियो । विवाह अ
उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना सहितको अभिनन्दन पत्र प्रदान गर्दै

उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना सहितको अभिनन्दन पत्र प्रदान गर्दै

वरिष्ठ चिकित्सक प्राडा उपेन्द्र देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना सहितको अभिनन्दन पत्र प्रदान गर्दै तत्कालिन नेकपा एमाले केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख सुजिता शाक्य । तस्वीर : शरद शर्मा,
जर्मन सहयोग नियोगको ‘रिकभरी प्रोगाम नेपाल’ कार्यक्रम मार्फत निर्माण

जर्मन सहयोग नियोगको ‘रिकभरी प्रोगाम नेपाल’ कार्यक्रम मार्फत निर्माण

जर्मन सहयोग नियोग (जिआइजेड)को ‘रिकभरी प्रोगाम नेपाल’ कार्यक्रम मार्फत निर्माण भएको नुवाकोटको शिवपुरी गाँउपालिका वडा नं. ४ को कार्यालय भवन उद्घाटन गर्दै जिसस नुवाकोटका प्रमुख शन्तमान तामाङ र जर्मन विकास सहयोग तथा आर्थिक मामिला दक्षिण प्रशान्तीय उपप्रमुख एनेटे फ्रिक । तस्बिर : रामहरि न्यौपाने, नुवाकोट,
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिवको श्रद्धाञ्जली अर्पण गर्दै

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिवको श्रद्धाञ्जली अर्पण गर्दै

प्रदेश नं. ३ का प्रदेश सदस्य एवं नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका सचिव ५१ वर्षका हरिशरण लामिछानेको मस्तिष्कघातबाट निधन भएपछि पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गर्दै । तस्विर : रमेश गिरी, भक्तपुर,
तेह्रथुम र पाँचथर जोड्ने मध्यपहाडी सडक

तेह्रथुम र पाँचथर जोड्ने मध्यपहाडी सडक

तेह्रथुम र पाँचथर जोड्ने मध्यपहाडी लोकमार्ग र फिदिम–यासोक–लुमुघाट हँुदै तेह्रथुम जोड्ने सडक खण्डको उद्गम स्थल पाँचथरको सरखण्डे । तस्बिर : अमृत बास्तोला, तेह्रथुम,
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखा परेको सालक

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखा परेको सालक

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखा परेको सालक। सालक दुर्लभ प्राणीमा पर्दछ। तस्बिरः राजेन्द्रप्रसाद पनेरु,