लालपूर्जा नभएकाहरुलाई घर बनाउने सुविधा दिनुपर्ने माग
हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा यही जेठ १८ गते प्रदेश सरकारले आव २०७५÷७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको छ।बैठकमा नेकपाका रामेश्वर फुयाँलले राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिनुपर्ने, काठमाडौँमा सडक व्यवस्थापन गर्नुपर्ने, १३ वटै जिल्लामा खानेपानीको सुविधा पुर्याउनुपर्ने र भूकम्पपीडित भएका तर लालपूर्जा नभई घर बनाउन नपाएकाहरुलाई वैकल्पिक उपायद्वारा घर बनाउने अवस्था मिलाउनुपर्ने माग गरे।
नेपाली काँग्रेसका प्रभात तामाङले कृषिलाई आधुनिकीकरण गर्नुपर्ने, दुर्गम स्थानमा खानेपानी सुविधा पुर्याउनुपर्ने लगायत सुझाव दिए। नीति तथा कार्यक्रममाथि आज र भोलि छलफल हुनेछ।उक्त छलफलमा भाग लिन प्रदेशसभाका ४४ सदस्यले नाम लेखाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ। जेठ २४ गते बस्ने प्रदेशसभाको बैठकमा नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाएका जिज्ञासा र सुझावको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतबहादुर बुढाथोकीले जानकारी दिए।यसैगरी प्रदेशसभाको आकस्मिक कोष स्थापनासम्बन्धी विधेयक, २०७५ र मुख्य न्यायाधिवक्ताको सेवा सुविधासम्बन्धी विधेयक २०७५बारे पाँच समितिमा दफावार छलफल चलिरहेको प्रदेशसभा सचिवालयका उपसचिव मोहन निरौलाले बताए। रासस
June 5, 2018 12:15 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।