सरकारको निर्णयको विरोधमा अाज पनि शेयर कारोबार ठप्प, अान्दोलन जारी
काठमाडौं, २३ जेठ । बोनस र हकप्रद सेयरको आधार मूल्यको आधारमा लाभकर लगाउने सरकारको निर्णयको विरोधमा शेयर लगानीकर्ताहरुको अान्दोलन जारी छ । लगानीकर्ताको अान्दोलनका कारण बुधबार पनि शेयर कारेबार ठप्प हुने भएको छ ।बजेट सार्वजनिक भएको केही दिनपछि आन्तरिक राजस्व विभागले पुनः अर्काे निर्णय गर्यो । जसको विरोधमा सोमबारदेखि लगानीकर्ता आन्दोलित बनेका हुन् ।
यसअघि अर्थमन्त्रालयले आधार मूल्य तय गरिदिएको थियो । त्यही अनुसार पूँजीगत लाभकर गणना हुन्थ्यो । तर अब भने बोनस र हकप्रदलाई १ सय रुपैयाँ मानेर गणना गर्न निर्देशन दिएको छ ।अहिले आन्तरिक राजस्व विभागले पहिलेको विधिलाई बिस्थापित गरेर नयाँ परिपत्र जारी गर्यो । अब भने हकप्रद र बोनस शेयर दुवैको मूल्य १ सय गणना हुन्छ । घाटामा पनि लाभकर तिर्नुपर्ने गरी सरकारले नयाँ व्यवस्था गरेको लगानीकर्ताहरुको भनाइ छ ।
आन्दोलनकारी सेयर लगानीकर्ता अर्थ मन्त्रालयका उच्च पदस्थ कर्मचारीसँग भेटघाट गर्ने कार्यक्रम पनि तय भएको छ । कारोबार ठप्प पारेपछि मन्त्रालयले व्यवसायीलाई बोलाएको हो । मन्त्रालयले मंगलबार कर अध्ययनका लागि एक समिति गठन गरेको छ । समितिले दिएको प्रतिवेदनको आधारमा आवश्यक कदम चालिने मन्त्रालयको दावी छ ।
June 6, 2018 1:05 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।