विद्युत् केन्द्रमा तोडफोड गर्ने चार पक्राउ
बेनी, म्याग्दी, २४ जेठ । विगत तीन दिनदेखि दैनिक आठ घण्टाभन्दा बढी समयसम्म विद्युत् सेवा कटौती गरेको विरोधमा नेपाल विद्युत् प्राधिकरण, बेनी वितरण केन्द्रको कार्यालयमा तोडफोड गर्न पुगेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।मंगलबार राति अबेरसम्म पनि विद्युत् नदिएको भन्दै धर्ना बस्न भन्दै प्राधिकरणको कार्यालय अगाडि जम्मा भएको समूहले कार्यालयमा तोडफोडसमेत गरेपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार रातको करीब १० बजे कार्यालयमा पसेका केही व्यक्तिले कार्यालयभित्र भएको टेलिफोन, चारवटा झ्यालको सिसासमेत फुटाएको कार्यालयले बुधबार अबेर जनाएको छ ।रातका समयमा कार्यालय तोडफोड गर्ने कार्यमा संलग्न रहेका रामबहादुर थापा, हरिबहादुर शाक्य, दिलीप बरुवाल र गंगा थापालाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।
पक्राउ परेकामध्ये हरिबहादुर शाक्य राप्रपाबाट निर्वाचित जिल्ला समन्वय समितिका सदस्य हुन् । पक्राउ परेकालाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ बुढामगरले जानकारी दिएका छन् ।
रासस
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।