Saturday 11th April 2026

श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’ भनेर फोन राखेका श्रीमान वाकस्म आए

8 years अगाडी

श्रीमतीलाई फोनमा ‘अलिकती बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु’, भनेका ३० गायक समेत रहेका वर्षीय अमर जिसीको मंगलबार घरमा वाकसमा शव आउँदा उनका परिवारसहित सिंगो शोकमग्न बन्यो ।धुर्कोट गाउँपालिका वडा नम्वर ३ , साविकको हाडहाडे १, वर्दवासका अमर जिसीको ४३ दिन अघि साउदी अरवमा मृत्यु भएको थियो । साउदी अरब पुगेको एक वर्ष नपुग्दै उनको मृत्यु भएको हो । ‘मृत्यु हुनु दुई साताअघि मात्रै उनले स्वास्थ्य ठीक हुँदै गएकाले छिट्टै फर्कने बताएका थिए’, श्रीमती सरस्वता घर्तीले भक्कानिदै बताइन् ।

लोकगायनका साथै अमर मोडलिङ्ग क्षेत्रमा समेत सक्रिय रहेका थिए । कमाएर सांगितिक क्षेत्रमा स्थापित हुन कै लागि उनी वैदेशिक रोजगारमा गएको बताइएको छ ।उनले अन्तिम एल्वमको नाम नै ‘अन्तिम सम्झना’ राखेका थिए । दुर्भाग्य, उनको वास्तविक जीवनमा नै त्यस्तै भयो ।

जिसीले मृत्युको अघिल्लो दिन पनि श्रीमतीलाई ‘भ्वाईस म्यासेज मार्फत मलाई ठिक भइसक्यो, भोलि आँखाको अप्रेशन गर्न डाक्टरले बोलाएका छन्, केहि पिर नगुर्न’ भन्दै सन्तवाना दिएका थिए । छोरा छोरीलाई कुनै कुरामा दुख नदिनु, तिमीले पनि धेरै दुख नकाट्नु, पैसा पठाइहाल्छु र धेरै बस्दिन अव छिट्टै आउँछु भन्दै श्रीमतिलाई मिठा सपना देखाउँदै आएका जिसीको ४३ दिन अघिको पछिल्लो १२ घण्टा पछि सधैका लागि फोन स्वीचअफ भयो ।मृत्युको अघिल्लो दिन साँझसम्म फेसवुक लाईभमा उनले गीत समेत आफ्ना दर्शक श्रोतालाई छाडेर गएका छन् । जिसी अमर कसैको आँखामा नबिझाउने मिलनसार थिए ।

          June 7, 2018 11:47 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...