विषालु सर्पले डस्योः महिलाले त्यसलाई समातेर आफूसँगै अस्पताल पुर्याइन्
भारतको उत्तर प्रदेशस्थित बहराइचमा एक महिलालाई सर्पले टोक्यो । सर्पले टोकेको घटना रोचक त पक्कै होइन तर त्यसपछि उनले जुन तरिका अपनाइन् त्यो भने पक्कै रोचक छ ।भारतीय संचार माध्यमका अनुसार शौचालय जाने क्रममा टोकेको सर्पलाई उनले लठ्ठी र आफ्नो साडीको मद्दतले समातिन् र एउटा डिब्बामा हालेर बन्द गरिन् । त्यसपछि उपचारका लागि अस्पताल जाँदा सर्पलाई पनि सँगै लगिन् ।स्रोतका अनुसार अमिरकला मंगलबार राती शौचका लागि खेततर्फ जाँदै थिइन् । त्यति नै बेला उनलाई एक विषालु सर्पले डस्यो ।
उनले सर्पलाई देख्ने बित्तिकै चिच्याइन् र लठ्ठी र साडीको मद्दतले त्यसलाई समात्न सफल भइन् । ठूलो आवाज सुनेर त्यहाँ पुगेका अन्य व्यक्तिलाई उनले घटनाबारे जानकारी दिँदै गर्दा उनले सर्पलाई एउटा डिब्बामा राखेर बन्द गरिन् ।त्यहाँ उपस्थित अन्य व्यक्तिले उनलाई तत्काल अस्पताल पुर्याए । अस्पतालमा महिलाले सर्पलाई पनि सँगै लगिन् ।डाक्टरका अनुसार अहिले उनको स्थिती खतरामुक्त छ । एजेन्सी
June 7, 2018 11:51 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।