फेसबुकले चार चिनियाँ कम्पनीलाई तथ्यांक उपलब्ध गराएको खुलासा
एजेन्सी, २४ जेठ । क्याम्ब्रिज एनालाइटिकाले तथ्यांक चोरी गरेर कमजोर सुरक्षा प्रणालीको आरोपमा विवादमा फसेको फेसबुकलाई तब ठूलो झट्का लाग्यो जब ‘न्यूयोर्क टाइम्स’ अखबारले फेसबुकले स्मार्टफोन निर्माता ६० वटा कम्पनीलाई आफ्नो तथ्यांक दिएको खुलासा गर्याे । अहिले फेसबुकले आफूले तथ्यांक उपलब्ध गराएको ६० कम्पनी मध्ये चार कम्पनी चीनको रहेको भनेर बयान दिएर अझ बढी विवादमा तान्यो आफूलाई ।ती चार कम्पनीमध्ये चीनको दुरसञ्चार उपकरण कम्पनी ‘हुआवे’ पनि रहेको छ । हुआवेलाई यस अघि नै अमेरिकी गुप्तर निकाय सिआइएले चिनियाँ सरकारको जासूस भन्दै आफ्नो देशबाट प्रतिबन्ध लगाइसकेको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताहरुको तथ्यांक दिएको अन्य कम्पनीहरुमा लेनेभो, ओप्पो र टीसीएल रहेका छन् । फेसबुकले चीनका चार कम्पनीहरुसँग डाटा शेयरिङबारे भएको सम्झौता जारी रहने बताएको छ ।
न्यूयोर्क टाइम्स अखबारको रिपोर्ट अनुसार फेसबुकले तथ्यांक शेयर गरेका अन्य ६० कम्पनीहरुमा अमेजन, एप्पल, ब्लैकबेरी र सामसुङजस्ता कम्पनीहरु पनि रहेका छन् । फेसबुकले तथ्यांक शेयर गरेका चार चिनियाँ कम्पनीमध्ये लेनेभो कमप्युटर निर्माता कम्पनी हो भने अन्य तीन कम्पनी स्मार्टफोन निर्माता कम्पनी हो । पछिल्लो वर्ष यी चार कम्पनीले फेसबुकलाई चीनमा फोटो शेयरिङ एप जारी गर्न पनि सहयोग दिएको थियो । फेसबुकले हुआवेको अलावा अन्य तीन कम्पनीहरुसँग चाँडै नै सम्झौता अन्त्य गर्ने बताएको छ ।चीनका चारैवटा कम्पनीले फेसबुकसँग तथ्यांक उपलब्ध गराएबापत आफ्ना उत्पादित उपकरणहरुमा फेसबुक डाटा चलाउन सकिने बनाउने समझदारी भएको थियो । यसबाहेक सम्झौतामा ती चारैवटा कम्पनीहरुले आफ्नो लोकप्रिय फिचरमा फेसबुकको पहुँच बढाउनु थियो ।हुआवेमाथि विवाद उत्पन्न भएको एक हप्तामै फेसबुकले हुआवेसँग सम्झौता फिर्ता लिने बताएको थियो र सफाइमा उसले आफ्नो तथ्यांक हुआवेको सर्भरमा नभएर फोनमा मात्र रहने बताएको थियो ।
June 7, 2018 1:20 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।