इतिहास रच्दै गोर्खा सैनिक
गुरु प्रसाद रेग्मी –
विश्वका दुइ शक्तिसाली मुलुक अमेरिका र उत्तरकोरियाको राष्ट्रप्रमुख बिच हुन गै रहेको आसन्न भेटघाट र वार्ता स्थल सिङ्गापुरको सुरक्षाको जिम्मेवारी त्यहाँ स्थित शिङ्गापुर प्रहरी मातहतको गोर्खा सैनिकलाई दिइएको छ ।भने आगामी जुन १२ मा शिङ्गापुर समय अनुसार बिहानिको ९ बजे दुबै देशका राष्ट्रप्रमुख बिच भेट हुने ह्वाइट हाउसलाई उदृत गर्दै बिभिन्न अन्त राष्ट्रीय संचार माध्यमले जनाएका छन् ।
गोर्खाली अत्यान्तै साहसी भनेर बिश्वास दिलाउन सफल भएको कारण सो बार्तामा सुरक्षाको रोजाइमा र जिम्मेवारिमा गोर्खाली परेका हुन ।अती सम्वेदन शिल कार्यक्रमहरुको ब्याबस्थापन गर्न खास ( बिशेस ) तालिम पाएका हुनाले समेत उक्त महत्वपूर्ण वार्ताको गोर्खा सैनिकले पाएको हो ।
बेल्जियममा तयार गरिएको रक्षा कवच FNSCAR कम्ब्याक्ट , राइफल पेस्तोल सिङ्गापुरमा रहेका गोर्खाले प्रयोग गर्दछन भने आफ्नो मौलिक हतियार खुकुरी समेतले गोर्खा सैनिक सुशोभित रहन्छन ।बार्ता स्थलमा कती संख्यामा सैनिक राखिने भन्ने कुरा गोप्य नै रहने सिङ्गापुर प्रहरीका बक्ताले वताएका छन भने यो बिषयमा संचार माध्यममा कुनै प्रतिकृया दिन उनिले चाहेनन तर आइ आइ यस यस मिलिटरी ब्यारेकका अनुसार १८ सय गोर्खा सिङ्गापुर पुलिसमा कार्यरत छन भने उनिहरुलाई नेपालको बिभिन्न स्थान देखि सैन्य भर्ती गरिएको हो ।
किम जोङ र डोनाल्ट ट्रम दुबैले आ-आफ्नो सुरक्षाकर्मी ल्याउने भए पनि मुख्य स्थान वार्ता स्थल , सडक र होटलको सुरक्षा भने सिङ्गापुर प्रहरि कै उतकृष्ट दस्ता गोर्खा सैनिकले गर्ने भएका छन ।
छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा सुरक्षा थ्रेट भन्दै नेपाली गोर्खाली सेनालाई अपमानित गर्दै आफ्नो भारतिय सैनिक नै नेपाल घुसाएको र भारतिय सैनिकले देखाएको दादागिरी सेलाउन नपाउदै विश्वकै शक्तिसाली राष्ट्रहरुको प्रमुख बिच हुन गैरहेको वर्तामा गोर्खा सैनिकले सुरक्षा दिने साहसलाई र जिम्मेवारिलाई भारत लगायत विश्वोका बिभिन्न सन्चार माध्यमले खुलेर नै प्रसङ्सा गरिरहेका छन भने समाचार सम्प्रेसणमा तिब्रताका साथ लगेका छन , त्यसै गरेर बिभिन्न सुरक्षा बिश्लेसकको बिश्लेसणमा गोर्खा सैनिकले आफ्नो बहादुरीको अर्को इतिहास रच्दै छन ।
June 8, 2018 8:23 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने