Thursday 9th April 2026

नुहाउँदा करेन्ट लागेर राजपा केन्द्रीय सचिवको मृत्यु

8 years अगाडी

इनरुवा। राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव तेन्जी लामाको बिहीबार राति मृत्यु भएको छ। सुनसरीको इटहरीस्थित आफ्नै घरमा अत्यधिक गर्मीका कारण नुहाउन गएको बेला करेन्ट लागेर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ। उनी ३१ बर्षका थिए।

करेन्ट लागेर गम्भीर घाइते भएका लामाको उपचारका लागि धरानस्थित बिपी कोइराला प्रतिष्ठानमा लैजाने क्रममा बाटैमा मृत्यु् भएको हो। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनका श्रीमती र दुई सन्तान छन्।

          June 8, 2018 3:51 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...