बझाङमा ढुंगाले लागेर दुई महिलाको मृत्यु
(रासस) – बझाङको तलकोट गाउँपालिका–३ बस्टी भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर ग्याबिन जाली भर्ने काम गरिरहेका दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तलकोट गाउँपालिका–३, बस्टीकी ४५ वर्षीया मीरा रोकाया र सोही गाउँकी ३२ वर्षीया जुनकिरी चँदारा रहेका छन् । बिहीबार साँझ ६ः३० बजे सो घटना भएको प्रहरीले जनाएको छ । जडीबुटी पहँुचमार्ग सडकखण्डअन्तर्गतको बस्टी भन्ने ठाउँमा ग्याबिन जाली भर्ने क्रममा घटना भएको जडीबुटी पहँुचमार्गका साइट इञ्चार्ज मनोज बोहराले जानकारी दिनुभयो ।
ढुंगा लागेर घाइते भएका दुवै महिलालाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने क्रममा मीरा रोकायाको बाटैमा मृत्यु भएको र जुनकिरी चँदाराको जिल्ला अस्पतालमा उपचार नभएपछि अन्यत्र रिफर गर्ने क्रममा एम्बुलेन्समा राख्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । हिजोआज यस्ता सार्वजनिक निर्माणका काम गर्ने ठाउँमा पुरुषभन्दा स्थानीय महिला बढी कामदारका रुपमा काम गरिरहेका हुन्छन् ।
June 8, 2018 6:16 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक
फिलिपिन्सको सर्वाेच्च अदालतको ऐतिहासिक फैसला, समलिङ्गी जोडीले सम्पत्तिको सह–स्वामित्व लिन सक्ने
प्युठानीको सान रुख चिन्न्हमा मतदान डा. गोविन्दराज
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने