Thursday 9th April 2026

विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण बढ्दै, प्रयोजन फरक-फरक

8 years अगाडी

ललितपुर, २६ जेठ । विदेशमा बस्दै आएका आमाबाबुसँग नाता प्रमाणित गर्न डिएनए परीक्षण गराउने क्रम बढ्दै छ ।जापान, हङ्कङ, संयुक्त अधिराज्यलगायत ठाउँमा बस्दै आएका नेपालीका सन्तानले आफू पनि त्यही देश वा ठाउँमा जाने उद्देश्यले परीक्षण गरेको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले कतिपय देशले आमाबाबु र सन्तानको नाता खुल्ने अरु कागजले नमानेर डिएनए परीक्षणकै प्रतिवेदन माग्ने गरेको बताए । उनले भने, ‘कामका सिलसिलामा ती देश पुगेर अहिले स्थायी बसोबासको अनुमति पाएकाहरु आफ्ना सन्तान लैजान परीक्षण गर्न आएका छन् ।’

प्रयोगशालाले नेपाल सरकारको कन्सुलर सेवा विभाग, वैदेशिक रोजगारीको परामर्श केन्द्रका चिठीलगायत आधिकारिक प्रमाणका आधारमा मात्रै परीक्षण गर्ने रिजाल बताउँछन् । कतिपय आफ्ना सन्तानसँग शंका लागेकै भरमा डिएनए परीक्षण गर्न आइपुग्छन् । उनीहरुले पनि विदेश जानका लागि चाहिएको छ भन्दै झुट बोल्ने गरेको उनी बताउँछन् ।

उनी भन्छन्, ‘हामी आधिकारिक पत्र हेरेर आवश्यक पर्ने अवस्थामा मात्रै परीक्षण गरेर नतिजा दिन्छौँ ।’ व्यक्तिगत रुपमा आएकाहरुको डिएनए परीक्षण गर्दा समाजमा बेथिति आउन सक्ने भएकाले प्रयोगशालाले परीक्षण गर्दैन । यसअघि मानव डिएनए मात्रै परीक्षण हुँदै आएकामा प्रयोगशालाले गत वर्षदेखि वन्यजन्तुको समेत परीक्षण गर्न शुरु गरेको छ ।

          June 9, 2018 10:48 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...