अग्रवालको घरमा सुन र चाँदीका बिस्कुटको बिस्कुन !
काठमाडौं, जेठ । ३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्याकाण्डका नाईके एमके भन्ने मोहनकुमार अग्रवालको काठमाडौं कालिकास्थानस्थित घरमा सरकारी अधिकारीहरुले महत्वपूर्ण प्रमाणहरु फेला पारेका छन् ।
सरकारी अधिकारीहरुले अग्रवालको घरबाट सुन कारोबारसम्बन्धी अति महत्वपूर्ण दस्तावेज बरामद गरेको बताएका हुन् । अग्रवालले गरेका सुन र चाँदीको अवैध तस्करीको रेकर्डसहित विभिन्न व्यक्तिका नाम सहितको दस्तावेज बरामद भएको बताईएको छ । बन्द अवस्थामा रहेको घरबाट समितिले अग्रवालले दुबई आउजाउमा प्रयोग गरेका कागजपत्र, डायरी, हरहिसाब राखेको रजिष्ट्ररी लगायतका कागजपत्र बरामद गरेको छ ।
यस्तै एक दर्जन बढि विभिन्न कम्पनीका सवारीसाधनका चाबी समेत बरामद भएको छ । समितिले अग्रवालको घरमा प्रयोगमा रहेका ल्यापटप र कम्प्युटर समेत बरामद गरेको छ । समितिले केही थान सुनका बिस्कुट, सयौं थान चाँदीका बिस्कुट र सिक्का, ३० लाख रुपैयाँ भन्दा बढि नगद समेत बरामद भएको जनाएको छ ।
June 10, 2018 10:39 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।