विपद्को जोखिम बढ्यो, मौसमविद भन्छन्- सचेत रहनुहोस्
काठमाडौं, २७ जेठ । यसवर्ष चाँडै मनसुन सुरु बाढी, पहिरोको जोखिक बढेको छ । यसवर्ष मनसुन लामो समयसम्म अर्थात् १ सय १५ दिनसम्म सक्रिय रहने भन्दै मौसमविद्हरुले सचेत रहन आग्रह गरेका छन् ।
विगतका वर्षहरुमा विपद्को पूर्व तयारीमा ध्यान नदिँदा ठूलो क्षति बेहोर्नुपरेको थियो । जसकारण पहाडी क्षेत्रमा पहिरोको जोखिम बढी रहन्छ भने तराई क्षेत्रमा बाढीको उच्च जोखिम देखिन्छ । डुबानका कारण कयौ घरपरिवार विस्थापित पनि हुने गर्छन् । विपद् व्यवस्थापनका लागि सरकारले उचित ध्यान नपुर्याएको पीडितको गुनासो छ । यस्तो अवस्थामा स्थानीय तहले पनि विपद् व्यवस्थापनमा ध्यान पुर्याउनु जरुरी हुन्छ जसले क्षति न्यूनिकरण गर्न सहयोग गर्छ । नेपालमा बाढी, पहिरोलगायत विपद्का कारण वर्षेनी औसतमा ६ सय जनाको मृत्यु हुने गरेको गृहमन्त्रालयको तथ्याकं छ ।
नेपालमा १५ सय देखि १६ सय मिलिमिटर सम्म पानी पर्ने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसमध्ये ८० प्रतिशत पानी मनसुनमा पर्छ । यसपाली मौसम चाँडै सुरु भएकाले सजग रहन मौसमविदुहरुले सुझाव दिएका छन
June 10, 2018 12:58 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।