Thursday 9th April 2026

पोखरा अन्तराष्ट्रिय विमानस्थल नबनाउने खेलमा सरकार लागिरहेको अधिकारीको आरोप

8 years अगाडी

काठमाडौँ। सत्तारुढ दलकै सासंदले पोखरा अन्तराष्ट्रिय विमानस्थल नबनाउने खेलमा सरकार लागिरहेको आरोप लगाएका छन्।प्रतिनिधी सभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले सरकार भित्रैबाट अन्तराष्ट्रिय विमानस्थल नबनाउने खेल भईरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। २०३२ साल देखि जग्गा अधिग्रहण गरेर पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाउनका लागि काम भईरहेको अवस्थामा एकाएक विज्ञको प्रतिवेदनका नाममा उडानै भर्न नसक्ने भनिएको भन्दै उनले आपत्ती जनाए।“एकाएक सरकारकै कुनै विशेषज्ञको नाममा नक्कली ढंगले अब अन्तराष्ट्रिय उडान पोखरामा हुन सक्दैन भन्ने अधिकार कस्ले दियो ? ती माथि छानविन भएर कारवाही हुन्छ कि हुदैन ? आज विकास निर्माणका काममा बाधा दिने मन्त्रालयकै कर्मचारीलाई कारवाही हुन्छ कि हुदैन ?”

नेपाल सरकारबाट एक रुपैया नपाईकन पनि विमानस्थल निर्माणको जिम्मा पाएको कम्पनीले जग्गा सम्याउने लगायत १५ प्रतिशत काम गरिसकेको समयमा सरकार भित्रैबाट विकास विरोधी एजेण्ड घुसेर गलत प्रचार गरिउको भन्दै उनले भने “सरकार भित्रै विकास विरोधी एजेण्ट घुसेको छ। विकास विरोधी किराहरुलाई कारवाही गर्ने हिम्मत सरकारले राख्छ कि राख्दैन ? को कहाँ बाटको विकास विरोधी एजेण्ड घुसेको छ त्यस्लाई पत्ता लगाएर कारवाही हुन्छ कि हुदैन ?”अन्तराष्ट्रिय उडान हुदैन भनेर प्रतिवेदन दिने मन्त्रालयका कर्मचारीमाथि कारवाही गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए।

उनले भने “विकास विरोधीलाई थुतेर पर्यटन मन्त्रालयले कारवाही गर्ने आँट राख्छ कि राख्दैन ? ”गलत प्रचार गरेर जनताको मनमा चिसो पानी खन्याउने गम्भीर अपराध भएको भन्दै उनले पोखरा अन्तराष्ट्रिय विमानस्थल बनाउने विषयमा जनतालाई आश्वस्त पार्न आग्रह गरे। विमानले उडान नै भर्न सक्दैन भनेर गलत सूचना दिने माथि गम्भीर रुपमा कारवाही गरि निर्माण कार्य सुचारु गर्न उनले माग गरे।

          June 10, 2018 1:15 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...