रवि लामिछानेलाई दिनेश डिसीले यस्तो भनेपछि : पुलिस र वकिल जस्तो होइन पत्रकार बन्नुस् – भिडियो हेर्नुहोस
काठमाडौं । नेपाली संचार माध्यममा ‘आवाजको दुनियाँको साथी’ दिनेश डिसी प्रसिद्ध छन्। संचारमध्यम र कला क्षेत्रमा लागेका उनलाई नचिन्ने दर्शकहरु कमै छन्। चलचित्र क्षेत्रमा व्यस्त भएपनि संचार माध्यमबाट हराएका उनी फेरी पनि रेडियो कान्तिपुरबाट संचार माध्यममा फर्किएका छन्।
दिनेश डि।सी रेडियो कान्तिपुरमा स्टेसन म्यानेजरको रुपमा आएका छन्। उनले यो पद सम्हालेको सात महिना पुगेको छ। यो बीचमा आफूले कार्यक्रमहरुको व्यवस्थापन, समाचार शैली आदिमा परिवर्तन ल्याएको उनी बताउँछन्।
दिनेश डिसीका अनुसार, नयाँ पुस्ता र नयाँ प्रविधि अनुसार कार्यक्रम र शैली नयाँ आउनुपर्छ। त्यस्तै, रेडियो कार्यक्रम संचालकहरु या त आफूलाई अपडेट गर्दै फरकपन ल्याउन सक्नुपर्छ या संचालकहरु नै नयाँ आउनुपर्छ।
दिनेश डि।सी लोकप्रिय टेलिभिजन कार्यक्रम संचालक रवि लामिछानेलाई पुलिस वा वकिल नबन्न सल्लाह दिन्छन्।
उनी भन्छन्, ‘रवि लामिछानेले अपराधिलाई नङ्गाएका छन्, खोजमुलक पत्रकारिता गरेका छन्। त्यो राम्रो हो। तर कहिलेकाहीं उनी पुलसी वा वकिल बन्न खोज्छन्। त्यो काम पत्रकारिता भित्र पर्दैन’।
June 12, 2018 7:20 pm | भिडियो,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।