Thursday 25th April 2024

यी हुन् बलिउडका टपटेन फेसबुक सेलिब्रेटी, कसको कति छन् फ्लोअर्स ?

6 years अगाडी

काठमाडौं – पछिल्लो समय सामाजिक सञ्जाल सबैको मनथन गर्ने माध्यम बनेको छ । यतिमात्रै होइन कुनै पनि व्यक्तिलाई पछ्याउन पनि सामाजिक सञ्जाल सहयोगी बनेको छ । अधिकांश मानिसले फेसबुक प्रयोग गर्ने गरेका छन् । जसमार्फत आफ्नो हरेक गतिविधि जानकारी गराउन पनि फेसबुककै प्रयोग गरिन्छ ।यही फेसबुकमा धेरै फ्लोअर्स भएका टपटेन फेसबुक सेलिब्रेटीका रुपमा बलिउडका कलाकारहरुको चर्चा गरिन लागिएको छ । सबैभन्दा बढी फ्लोअर्स अभिनेत्री प्रियंका चोपडा फेसबुक सेलिब्रेटीको नम्बर वानमा छिन् । उनको ३७ करोड ३३ लाख ६ हजार ६ सय ९५ जना फ्लोअर्स छन् ।

यसैगरी दोस्रोमा अभिनेता सलमान खान । उनको ३६ करोड ४१ लाख ९ हजार ९ सय १२ जना फ्लोअर्स रहेका छन् । ३४ करोड ४५ लाख २ हजार ७ सय १२ जना फ्लोअर्स रहेकी दीपिका पादुकोण फेसबुक सेलिब्रेटीको तेस्रो नम्बरमा छन् । चौथोमा अमिताभ वच्चन छन् । उनको ३० करोड ३४ लाख ४ हजार ८ सय ७४ जना फ्लोअर्स रहेका छन् ।
पाँचौँमा रहेका हनि सिंहको ३० करोड १५ लाख ६ हजार ३ सय ३३ जना फ्लोअर्स हुँदा छैठौँमा रहेका शाहरूख खानको २८ करोड ६९ लाख ४ सय ८३ जना फ्लोअर्स रहेका छन् यसैगरी श्रेया घोषाल सातौँ नम्बरमा परेकी छन् । उनको २८ करोड १५ लाख १ हजार ९ सय ३० जना फ्यान रहेका छन् । आठौँ नम्बरमा रहेकी माधुरी दीक्षितको २६ करोड ५० हजार ४ सय २९ जना फ्लोअर्स हुँदा नवौँ नम्बरमा परेका कपिल शर्माको२५ करोड ९३ लाख ५ हजार ३ सय ११ र दशौँ नम्बरमा रहेका अक्षय कुमारको २५ करोड ५२ लाख ४ हजार ४ सय ५५ जना फ्लोअर्स रहेका छन् ।

          June 17, 2018 10:35 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...