Friday 10th April 2026

भारतमा बन्यो किर्तिमानी औंठी

8 years अगाडी

एजेन्सी, असार । तपाईले एउटा औंठीमा कतिवटा हिराका टुक्रा जोडेको देख्नुभएको छ ? तपाईलाई कसैले एउटा औंठीमा ६ हजार हिराका टुक्रा जोडिएको छ भन्दा पत्याउनु हुन्छ ? अब पत्याउँदा हुन्छ । हिरा नगरी सुरतको नाम एकपटक पुन: गिनिज बुक अफ रेकर्डमा सामेल भएको छ । यसपटक रेकर्डका कारण शहरको एक हिरा कारोबारीद्वारा ६ हजार ६९० हिरा जडित औंठी बनाएका छन् । जसको मूल्य लगभग २४ करोड बताइएको छ ।

सुरतका हिरा कारोबारी विशाल अग्रवालका अनुसार मेक इन इंडियालाई विश्वस्तरमामा पुर्‍याउनका लागि औंठी तयार पारेका हुन् । यसको डिजाइन विशालकी पत्नी खुशबु अग्रवालले गरेकी हुन् । खबरका अनुसार यस लोटस औंठीलाई तयार पार्न २० कालिगढ लागेको थियो ।हिरामा कमलको फूलको डिजाइन बनाउनका लागि सबैभन्दा पहिले कम्युटर मोडल बनाइएको थियो । त्यसपछि रिङको कोन्सेप्टयुलाइजेशन गरियो । यो औंठी बनाउन एक वर्ष लागेको बताइएको छ ।

          June 18, 2018 12:00 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...