Wednesday 24th April 2024

श्रीदेवीकी छोरी जान्वीले निकै कम रकममा फिल्म ‘धडक’मा काम गरेको खुलासा

6 years अगाडी

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपूर फिल्म ‘धडक’ बाट बलिउडमा प्रवेश गर्दैछिन् । ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा पनि ह्वात्तै चुलिएको छ । धर्मा प्रोडक्सन र जी स्टुडियोको ब्यानरमा बनेको फिल्ममा जान्वीले एकदमै कम पारिश्रमिक लिएको खबर भारतीय मिडियामा छाएको छ ।चलचित्रको लागि उनलाई निर्माताले ३० लाख रुपैयाँ दिएको खुलासा भएको छ । यस्तै उनीसँगै बलिउडमा प्रवेश गर्न लागेका नायक इशान खट्टरलाई पनि चलचित्रको लागि एकदमै कम पारिश्रमिक दिएको खबर बाहिर आएको छ । जानकारी अनुसार इशानलाई निर्माण टिमले जम्मा ५० लाख रुपैयाँ पारिश्रमिक दिएको छ ।

चलेका बलिउडका नायकहरुको पारिश्रमिक १५ करोड रुपैयाँ भन्दा माथी छ भने नायिकाहरुको पाश्रिमिक ५ करोडभन्दा बढी नै हुने गरेको छ ।पहिलो चलचित्र भएको हिसावले पजि ईशान र जान्वीलाई निर्माताले कम पारिश्रमिक दिएको हुनसक्ने अनुमान छ । उसो त धडकले राम्रो रिभ्यु पायो भने यी दुई कलाकारहरुको पारिश्रमिकमा ह्वात्तै बृद्धि हुने कुरामा भने कसैको पनि दुईमत छैन । चलचित्रमा दुई प्रेमीको प्रेमकहानीलाई देखाइएको छ ।

          June 20, 2018 12:19 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...