Saturday 20th April 2024

अनुपाको अचानक मृत्यु, विश्वकपमा मेस्सीले गोल हानेको हेर्ने इच्छा अधुरै

6 years अगाडी

मंगलवार बाँकेको नेपालगन्ज र कोहलपुर क्षेत्रको संचार जगत स्तब्ध छ । सो क्षेत्रको पत्रकारहरु माझ निकै लोकपृय तथा पत्रकारीतामा भविष्य बनाउँदै गरेकी एक युवतीको अस्वभाविक मृत्यु भयो । नेपालगन्जको बागेश्वरी टेलिभिजन र बागेश्वरी एफ एममा सोमवार सम्म संगै काम गरेका साथीहरुलाई मंगलवार विहानै उनी यो संसारमा छैनन् भन्ने खबर पत्याउन निकै गाह्रो भयो । मंगलवारको फेसवुक वाल तथा सामाजिक संजाल एक होनहार युवा पत्रकारको अस्वभाविक मृत्युको अपत्यारिलो खबरले भरिएका छन् ।स्थानिय टेलिभिजन र एफएममा कार्यरत अनुपा सिंह राजवंशीको मृत्युको खबरले बांकेको पत्रकारीता क्षेत्र स्तब्ध भएको छ । नेपालगन्जस्थित होटल सिग्नेट ईन कृष्णामा आयोजना गरिएको पुल पार्टीमा नाच्ने क्रममा उनको मृत्यु भएको जनाइएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाले उनको शंकास्पद तरिकाले मृत्यु भएको प्रारम्भिक जानकारी आएको भन्दै घटनाको छानविन हुनुपर्ने माग राखेको छ । महासंघका अध्यक्ष ठाकुरसिंह थारुको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलिले प्रमुख जिल्ला अधिकारीलाई भेटी पत्रकार राजवंशीको मृत्यु अस्वभाविक भन्दै निष्पक्ष छानविनको माग गरेको छ ।उनको फेसवुक पेजमा बेहुली बन्दाको कभर फोटो छ । सुन्दर सपना मध्येको एउटा सपना पुरा हुँदा देखिने खुसी उनको आँखामा देख्न सकिन्छ । कबिहरुले भन्ने गरेजस्तै प्रकृतिको एक सुन्दर रचना जस्तै छन् उनी ।

केही महिना अघि मात्र वैवाहिक जीवनमा प्रवेश गरेकी अनुपाले २३ वर्षको कलिलो उमेरमा यो संसार छाडिन् । सामाजिक संजाल मंगलवार यहि अपत्यारीलो समाचार र उनका शुभेक्छुकले दिएको श्रद्धाञ्जलीले भरिएको छ ।अनुपा सामाजिक संजाल देखि लिएर संचार माध्यममा उत्तिकै सकृय देखिन्छिन् । एउटा सफल पत्रकार बन्ने उद्येश्य लिएर करिब आधा दशक देखि दिलोज्यानले काम गरिरहेकी अनुपाले यति छोटो आयु लिएर आएकी होलिन् भनेर विश्वास नै लागेको छैन । उनका शुभेक्छुकले भनेका छन् ।

विश्वकप फुटवल प्रति पनि उत्तीकै चासो राखेकी अनुपाको अर्जेन्टिना पृय टिम थियो । उनले फेसवुक वालमा लेखेकी छन् विश्वकप नजिकिदै गर्दा सपनामा पनि मेस्सिले गोल गरेको देख्न थालेकी छु । विश्वकपमा मेस्सिले गोल हानेको हेर्ने सपना देखेकी अनुपा कहिल्यै नउठ्ने गरी निदाइन् । अर्जेन्टिनाको खेलमा मेस्सिले गोल गर्न नसके पछि पनि उनको मन दुखेको छ । उनले त्यो कुरालाई पनि सामाजिक संजालमा ब्यक्त गरेकी छन् । मेस्सीलाई फाउल गरेको अनुपालाई पटक्कै मन परेको छैन ।उनको मृत्युलाई अपत्यारिलो मानिरहेको पत्रकारहरुले मृत्युको निष्पक्ष छानविनको माग गरेका छन् । बांकेको पत्रकारीता जगतले एउटा भविष्य गुमाएको छ । केही महिना अघि मात्र आफ्नो जीवनमा अनुपालाई प्रवेश गराएका उनका पतिको अवस्था झन कस्तो भएको होला ? जीवनको रंगीन पल संगै बिताउने संकल्प सहित एक भएका नब विवाहित जोडीलाई यति छिटै दैवले छुट्याइदिएको छ ।

          June 20, 2018 2:07 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...