जीप दुर्घटनामा वडा अध्यक्षसहित दुईको मृत्यु, १३ घाइते
बाजुरा – बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजना वडा अध्यक्षसहित दुईजनाको मृत्यु भएको छ । से १ ज ९९९ नम्बरको जीप दुर्घटनामा परी त्रिबेणी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष खम्म नेपाली र सोही वडाकी लालसरा बुढाको घटनास्थलमै मृत्यु भएको हो ।बुधबार बेलुका ८ बजेको समय जीप दुर्घटनामा परेको हो । यसैगरी ७ जना घम्भिर घाईते भएको घटना स्थलका प्रत्यक्षदर्शी नेपाली काँगस त्रिबेणी नगरकार्यसमिति सचिव सुरेन्द्र गिरीले जानकारी दिनुभएको छ ।
घाईते तथा मृत्यकको उद्दार गर्ने नेपाल प्रहरी र स्थानियबासी घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख नायव उपरिक्षक सागर बोहराले जानकारी दिनुभएको छ ।घाईते १३ जना मध्ये सवारी चालक चन्द्र भुनी सहित ७ जना घाईते बयालपाटा अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रत्यक्षदर्शी गिरीले बताउनुभयाे । जीप सडकबाट कम्तिमा ५ सय मिटर तल खसेको छ ।
जीपमा सिमेन्ट र १४ जना यात्रु बोकेको थियो । अत्याधिक लोडका कारण कच्ची चिप्लो सडकबाट तल खसेको हुन सक्ने अनुमान गरिएको छ । त्रिबेणी नगरपालिकाका काम सकाएर टुनेगडाबाट बुधबार साँझ छतारतर्फ जाने क्रममा जीप दुर्घटना भएको बताइएको छ ।
June 28, 2018 4:26 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)