आज – २२ साउन २०७५ मंगलवारको राशिफल
आज – २२ साउन २०७५ मंगलवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक लेनदेनमा समस्या देखा पर्ला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च बढ्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर व्यवहारमा झमेला रहला ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । अचल सम्पत्तिको कारोवार हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा निराशा र शरीरमा आलस्य आउला ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्था बाट सहयोग पाईनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महिलावर्ग बाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । शेयरको कारोवारमा सफलता मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक क्षेत्र बाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । छोटो दुरीको लाभदायक यात्रा रहला । – ज्यो.प. नारायणप्रसाद दुलाल
August 7, 2018 1:33 am | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।