Sunday 24th May 2026

८ महिने शिशुको अपहरणपछि हत्या, औरही बजार नै शोकमा

8 years अगाडी

महोत्तरी,  भदौ । औरही नगरपालिकाबाट आइतबार साँझ अपरहणमा परेकी ८ महिने शिशुको हत्या गरी फलिएको अवस्थामा शव फेला परेको छ । औरही नगरपालिका को मुख्य बजारमा फेन्सी पसल सन्चालन गरी बसेका सन्तोष चौधरीकी ८ महिने छोरी सोनालीकुमारीलाई आइतबार पसलमा भीडभाडको मौका छोपी अपहरण गरेको थियो । घटना लगत्तै स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेको थियो । तर सोनालीको शव सोमबार भंगाह नगरपालिका र औरही नगरपालिका १ को सिमानामा नग्न अवस्थामा फेला परेको छ ।टाउकोमा गम्भिर चोड लागेको र शरीरमा पनि केही निलडाम भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र खड्काले जानकारी दिए । शिशुको शवलाई पोष्टमार्टमका लागि महोत्तरी सदरमुकामको जलेश्वर अस्पताल पठाइएको डीएसपी खड्काले बताए ।

घटनामा भंगाहा नगरपालिका ६ जमुनियाका भरत साहको संलग्नता रहेको आशंकामा प्रहरीले उनको खोजी कार्य जारी राखेको छ । सीसीटिभी फुटेजमा साहले नै शिशुलाई बोकेर बोकेको देखिएको छ भने चौधरीसँग चिनजान भएको भन्दै सोनालीलाई बोकेको प्रत्यक्षदर्शीहरुले पनि बताएका छन् ।आठ महिने शिशुको मृत्युपछि औरही बजार नै शोकमा डुबेको छ । घटनाको विरोधमा सोमबार उद्योग वाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएको छ ।

          August 28, 2018 12:29 pm | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...