छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
विराटनगर। १ नम्बर प्रदेश अन्तर्गत संखुवासभा, झापा र खोटाङ जिल्लामा शुक्रवार भएको बेग्ला-बेग्लै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ छ भने १ जना घाइते भएका छन् ।
संखुवासभाः-संखुवासभाको खाँदवारी नगरपालिका नगरपालिका-११ सभाखोलामा रोकी राखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ । साँझ सवा ७ बजे चैनपुर-खाँदवारी सडक खण्डमा रोकेर राखेको को १ त ६५९९ नम्बरको ट्याक्टरमा चैनपुरबाट खाँदबारी तर्फ आउँदै गरेको को २८ प २५३ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा परि मोटरसाईकलको पछाडी खाँदबारी नगरपालिका-८ बस्ने बर्ष २८ को लहरी श्रेष्ठको घटस्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मोटरसाईकल, ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ, मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारीमा राखिएको उक्त कार्यालयले जनाएको छ ।
झापाः- झापाको कमल गाउँपालिका-५ लभडाँडा भन्ने स्थानमा मोटरसाईकलको ठक्करबाट १ जना साईकलयात्रीको मृत्यु भएको छ भने मोटरसाईकल चालक घाइते भएका छन् । दिउँसो पौने २ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको मे १० प ७६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलमा सवार झापा कमल गाउँपालिका-१ बस्ने बर्ष ५० को ईन्द्र बहादुर बुढाथोकीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक हुँदै थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा दिउँसो सवा ३ बजे बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । तत्काल पहिचान नखुलेका अन्दाजी बर्ष ३० को मोटरसाईकलको सोही अस्पतालमा उपचार भईहेको छ ।
खोटाङः- खोटाङको हलरसी तुवाचुङ नगरपालिका-३ चास्मिटारमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दिउँसो साढे १ बजे भित्री सडक खण्डमा लामा कन्ट्रसन प्रा.ली.को ठेक्कामा सुख्खा ग्रहस्त क्षेत्र खानेपानी योजना च्यासमिटारको पानीको ट्याङकी निर्माणको लागी मे १ त ६९३१ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गरेर फर्कदै गरेको अवस्थामा बडहरे भन्ने स्थानमा दुर्घटना भएको थियो ।
सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा लामा कन्ट्रसन प्रा.ली. का स्टोरकिपर चितवन घर भएका बर्ष १७ को सुमन वाग्लेको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । ट्याक्टर चालक सुनसरी रामधुनी-७ बस्ने बर्ष २७ को राजेश लिम्बुलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
December 15, 2018 6:31 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)