Sunday 24th May 2026

रणवीरले घुँडा टेकेर गीत गाउँदा एकता लाजले भुतुक्कै !

7 years अगाडी

एजेन्सी। शुक्रबार राति सब टिभीको विशेष एनुअल इभेन्ट सेलीब्रेशनको शुटिङ भयो। सो अवसरमा एकता कपुरसहित टेलिभिजन उद्योगका कयौं चर्चित सेलिब्रेटी उपस्थित थिए।

रणवीर सिंह को एक्ट्रेस सारा अली खानसँग २८ डिसेम्बरमा रिलीज हुने फिल्म ‘सिम्बा’ को प्रमोट गर्न त्यहाँ पुगेका थिए। फिल्म निर्देशक रोहित शेट्टी र खलनायकको भूमिका निर्वाह गरिरहेका सोनु सुद पनि त्यहाँ उपस्थित थिए। सो क्रममा रणवीर र साराले निकै खुलेर डान्स गरे। उनीहरु ‘सिम्बा’  फिल्मको गीत ‘आँख मारे’ मा निकै बेर डान्स गरे।

सो कार्यक्रममा क्रममा रणवीरले ‘तुने मारी एन्ट्रियाँ’ गीत पनि गाए। उनी नजिकै बसेकी एकता कपुर भएको ठाउँमा पुगे र घुँडा टेक्दै एकताको अनुहारमा हेर्दै गाउन थाले। सुरुमा त रणवीरको फनी रुप देखेर एकता हास्न थालिन्, पछि फेरि लजाइन। उनी यति लजाइन की उनले आफ्नो अनुहार हातले छोपिन्।

          December 16, 2018 9:52 am | Uncategorized


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...