

दिल्लीमा सिए पढ्दै गरेकी फ्यान कृतज्ञा अर्यालले बनाइन् शृङ्खलाको यस्तो स्केच

नयाँ दिल्ली। स्याङ्जा वालिङ्की कृतज्ञा अर्याल चार्टर एकाउन्टेन्टकी बिद्यार्थी हुन् । हाल उनी अध्ययनको लागि भारतको राजधानी दिल्लीमा छिन्। उनलाई पढ्न संगै आर्ट गर्न र गित गाउन धेरै मन पर्छ।
आर्ट आफ्नो विषय नभएता पनि फुर्सद हुँदा थोरै थोरै गरेर उनले स्क्रेच बनाउने गर्छिन् । “ आर्टमा मलाई डुब्न मन लाग्छ किनभने यसबाट मान्छेको भावना थाहा पाइन्छ, आर्ट गरेर कसैलाई गिफ्ट दिन पाउँदा मलाई खुशी लाग्छ ”। उनले भनिन्।
हालै मात्रै कृतज्ञाले बनाएको मिस नेपाल तथा मिस वर्ल्डकि प्रतिस्पर्धी शृङ्खला खतिवडाको स्केच अहिले सामाजिक संजालमा धेरैले मन पराएका छन् । कृतज्ञा शृङ्खलाकि फ्यान हुन् । शृङ्खला राम्री संगै धेरै कुरामा ट्यालेन्ट भएको हुँदा आफुलाई अत्यन्तै मन पर्ने बताउछिन्।शृङ्खला यो स्थान सम्म आउनुको प्रमुख कारण मिहेनत र उनको ट्यालेन्ट भएको कृतज्ञाले बताइन्।
यो क्षेत्रमा समय धेरै चाहिने तर आफु पढ्ने विद्यार्थी भएकोले प्राप्त समय नुहुने हुँदा चाहेका धेरै कुराहरू आर्टमा उत्रान नसक्ने उनको गुनासो छ । शृङ्खलासंगै हालसम्म उनले आफ्ना मिल्ने साथीहरु,हजुरमुमा,अंकल,अन्टि मामा,माइजू ,लगायत आफुलाई मन पर्ने नेपाली नायक आकाश श्रेष्ठ ,हिन्दी नायक सलमान खानको स्केच बनाएकि छन्।
आफुले आर्ट सम्बन्धी थप सिकेर भविस्यमा यसलाई सानो व्यवसायीक क्षेत्रमा पनि लैजाने कृतज्ञाको सोंच रहेको छ।
हेर्नुस् उनले बनाएका केही स्केचहरु:

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

इजिप्टको एउटा चर्चमा भएको आगलागीमा परेर कम्तीमा ४१ जनाको ज्यान गयो

प्रवासी नेपाली मञ्च कुवेतकाे तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: राजकुमार थापा

निहारिका राजपुतद्वारा राष्ट्रपति भवन अगाडि आत्मदाह प्रयास, प्रहरीले जाेगाएर अस्पताल पुर्यायाे

फाेहरकाे गाडी राेक्नु भनेकाे एम्बुलेन्स राेक्नु जस्तै हाे : मेयर साह

कुवेतमा इ – पास्पोटको लागि के-के प्रक्रिया र कागजात चाहिन्छ?

धुलिखेल अस्पतालद्वारा दुर्गम क्षेत्रमा विशेषज्ञ डाक्टरमार्फत टेलिमेडिसेन सेवा सुरु

चीनले ताइवान नजिक सैन्य अभ्यास जारी राख्ने

