साउदीमा ज्यान गुमाएका ३० नेपालीले पाउनुपर्ने रकम काठमाडौं पठाइयो
काठमाडौं। साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपाली नागरिकले पाउनुपर्ने रकम नेपाल पठाएको छ ।मृतक नेपाली कामदारका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी तलब, भत्ता र ब्लडमनी समेत गरी पाँच लाख ८१ हजार ३३४ साउदी रियाल यही पुस ८ गते काठमाडौँस्थित परराष्ट्र मन्त्रालयको खातामा पठाइएको दूतावासले जनाएको छ ।सडक दुर्घटना, आात्महत्या, प्राकृतिक मृत्यु, करेन्ट लागेर मृत्यु र कामको समयमा मृत्यु भएका ती नेपाली श्रमिकले पाउनुपर्ने तलब, भत्ता तथा क्षतिपूर्ति नेपाल पठाइएको हो ।
सडक दुर्घटनाबाट ज्यान गुमाएका रुपन्देहीका अखिलेश कुमार चौधरी, बाग्लुङका भीमबहादुर केसी, पाल्पाका विवेक कुँवर, धनकुटाका विक्रम घिमिरे, तनहुँका बुद्धिकुमार श्रेष्ठ, गुल्मीका दधिराम केसी, सर्लाहीका गोपालप्रसाद साह, गोरखाका ज्ञानबहादुर गुरुङ, झापाका झलक श्रेष्ठ र खड्ग चौधरी, सङ्खुवासभाका लालबहादुर तामाङ, खोटाङका मङ्गले सार्की, धादिङका नमराज खड्का, नुवाकोटका राजु तामाङ र दाङका टीकाराम चौधरीले पाउनुपर्ने ब्लडमनीबापतको रकम नेपाल पठाइएको दूतावासले जनाएको छ ।
त्यसैगरी मृतक स्याङ्जाका दलबहादुर गाहा, रुपन्देहीका धमबहादुर पुन, झापाका सरोजकुमार सुवेदी, सिरहाका सुजित यादव र नवलपरासीका योगेन्द्र चौधरीले पाउनुपर्ने रकम पनि नेपाल पठाइएको छ ।
प्राकृतिक कारणबाट मृत्युवरण गरेका रौतहटका दीपक परियार दमाई, ओलखढुङ्गाका जीतबहादुर राई, धनुषाका लक्ष्मण मण्डल केवट, नवलपरासीका नीमबहादुर सेन, झापाका ओमप्रसाद चापागाईं, सुनसरीका फूलचन चौधरी, धनुषाका रामनरेश पण्डित, झापाका रत्नबहादुर ग्याङ्मी मगर र करेन्ट लागेर मृत्यु भएका मकवानपुरका ज्वाला लामा योन्जन, कामको समयमा मृत्यु भएका धनुषाका सञ्जिव यादवले पाउनुपर्ने रकम पनि नेपाल पठाइएको दूतावासले जनाएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)