Thursday 28th March 2024

जानी राखौ ,आज बिहीबार भुलेर नगर्नुस् यी पाँच काम !

5 years अगाडी

कुन बार के गर्नु शुभ र के गर्नु अशुभ हुन्छ भन्ने बारेमा धर्मशास्त्रमा उल्लेख भएअनुसार कुरा गर्ने हो भने आज बिहिबारको दिन गरिने धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । ब्रह्माण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने बृहस्पतिको दिन मानिने बिहीबार धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । तर बिहीबार यी काम गर्न भने निषेध गरिएको छ ।

(१) कपाल नुहाउनु हुँदैन : शास्त्रमा बिहीबार कपाल नुहाउनु नहुने उल्लेख छ । खास गरी महिलाले बिहीबार कपाल नुहाउनु अशुभ मानिन्छ । बिहीबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

(२) दारी काट्नु वा नङ काट्नु हुँदैन : बिहीबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य बिहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुनेसमेत खतरा हुने शास्त्रमा उल्लेख छ ।

(३) कपडा धुँदा अशुभ : बिहीबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । बिहीबारको दिन ठूला–ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ ।

(४) घरको फोहोर फाल्नु हुँदैन : बिहीबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । बिहीबारमा घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ। घरको सरसफाइ सकेसम्म बिहीबार नगर्नु नै राम्रो हुन्छ ।

(५) लक्ष्मीको मात्र पूजा : बिहीबारको दिन लक्ष्मी नारायणको दिन मानिन्छ । यस दिन पूजा गर्दा लक्ष्मीको मात्र गर्नुहुँदैन । पूजा गर्दा लक्ष्मीनारायणको पूजासँगै गर्नु राम्रो हुन्छ ।यसले पति–पत्नीबीचको सम्बन्ध पनि राम्रो हुने शास्त्रमा उल्लेख छ ।

          January 18, 2019 12:49 pm | टिप्स/जानकारी


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...