माननीय कोमल वलीलाइ ३ बर्ष जेल ! यस्तो छ कारण (भिडियो सहित)
लोक गायिकाका नामले परिचित सांसद कोमल ओलीको अभिब्यक्ती विवादमा परेको छ। कान्तिपुर टेलिभिजनमा सुरज सिंह ठकुरीले संचालन गर्ने “इट्स माई सो” कार्यक्रममा उनले दलित समुदायको आत्मसम्मानमा चोट पुग्ने गरी अभिब्यक्ती दिएको भन्दै उनको बिरोध भइरहेको छ ।
गत शनिबार प्रसारण भएको उक्त कार्यक्रममा सांसद ओलीले कुराकानीका क्रममा “आफु मरे डुमै राजा” भनेकी थिईन। यसै बिषय बस्तुलाइ ध्यानआकर्षण गर्दै दलित समुदाय महिला अधिकारिकारकर्मी सरु सुनार आफ्नो फेसबुक वाल मार्फत लाइव भिडियो बाटै चर्को आवाज उठाएकी छन् उनि लेख्छिन :“जुन नेपालको संविधान र कानून विपरितको शब्दावली थियो ।
कान्तिपुर टिभीको अफिसियल युटुबमा अपलोड गरिएको ५६ मिनेट २३ सेकेण्डको उक्त कार्यक्रमको ४७ मिनेट ५० सेकेण्ड जाँदा सांसद ओलीले मृत्युपछिको प्रसंग चलिरहँदा भनेकी छिन, “आफु मरिसकेपछि डुमै राजा ।” जुन शब्दावलीले दलित समुदायलाई होच्याइएको र उनिहरुको आत्मसंम्मानमा चोट पुर्याएको भन्दै दलित अधिकारकर्मीहरुले बिरोध जनाएका छन ।
कान्तिपुर टिभिमा इन्टरबिउ दिदै माननीय सांसद कोमल वलिज्युले भन्नू भो (मरिसके पछि डुमै राजा) मरे पछि केही चाहिदैन बाचुन्जेल सलामी चाहिन्छ,एउटा सिङ्गो दलित समुदायलाई अपमान र आत्मसम्मानमा चोट पुराउने यस्ता थेगो अहिलेसम्म पनि तथाबत? अरु बाट के आसा गरौ जनताको प्रतिनिधि हो नि माननीय सांसद भनेको , कोमल ओलिलाई भोट दलित समुदायको पनि परेको थियोे , भोट दिने दलित समुदायको भोटको अपहेलना मात्र होइन सिङ्गो दलित समुदायलाई अपमान गर्नु भएको छ ।
आज देशको गरिमामय पदमा बसेर सिङ्गो दलित समुदायलाई अपमान गरि बोल्ने र हेप्ने (मरि सके पछि डुमै राजा) अभिव्यक्ति हामी दलित समुदायलाई स्विकारे छैन , माफी मागेर पुग्दैन र मानिदैन नेपालको संबिधान २०७२ र जातीय भेदभाव , छुवाछूत कसुर ऎन २०६८” अनुसार कारवाही हुनु पर्छ।
अन्य देशमा रास्ट्रपति , प्रधानमन्त्री , राजा , रानीलाई पनि हामीलाई सामान्य लाग्ने ट्राफिक नियम पालना नगर्दा, अगाडि सिटमा बस्दा बेल्ट नबान्दा कार्वाही हुन्छ,तर हाम्रो नेपालमा सार्बजनिक पद धारण गरेका ज्युहरुलाइ कारवाही त परै जावोस उनिहरुका विरुद्ध सत्य बोल्दा नि बोल्नेहरुको आवज बन्द गराउने प्रयास हुन्छ, अब हेर्न बाकी छ , माननीय सांसद कोमल ओलिले कान्तिपुर टिभिमा नै (मरि सके पछि डुमै राजा) भनी सिङ्गो दलित समुदाय माथि हेपिएको र अपमान गरि बोलेको मा कार्वाही हुन्छ कि हुदैन ?”
कानुनी प्रक्रियाको लागि अब जातीय छुवाछूत ऎन अनुसार मुद्दा दर्ता गरिन्छ सबैजना ढुक्क हुनुस र अब जातीय भेदभाव गर्ने र बोल्ने जो कोहिलाई पनि नेपालको कानुन अनुसार सजाय हुनु पर्छ । अब त अति भो , सहनु पनि सिमा हुन्छ कति सहनु ? दलित समुदायका माननीयहरुको पनि चरीत्र हेर्नी समय आएको छ आफ्नो समुदायको माया र समुदायको बिभेदको लागि यो विषयमा आवज उठाउनी कि ? नेकपाको पाटी र सरकार छ भनी पाटिको चित्त बुझाउनी ? कुन कुन सासदले यो विषयमा कुरा उठाउनु हुन्छ यो पनि हेरिन्छ तर हाम्रो समुदायलाई पशुको व्यबहार र तुलना गर्ने जो कोहि होस् छोडिदैन।
March 13, 2019 2:44 pm | Uncategorized
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
टाइमलेस प्यालेट (Timeless Palette) – जहाँ कला जीवित रहन्छ* *टाइमलेस प्यालेटद्वारा कला मार्फत नेपाल र बेलायतलाई जोड्ने पहिलो भर्चुअल प्रदर्शनीको सुरुवात*
कङ्गोमा इबोला भाइरसबाट ८० जनाको ज्यान गयो : डब्लुएचओद्वारा विश्व स्वास्थ्य सङ्कटकाल घोषणा
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)