Wednesday 27th May 2026

आज बढ्यो कि घट्यो सुन-चाँदीको भाउ ?

7 years अगाडी

काठमाडौं । आज आईतबार सुनको मुल्य उकालो लागेको छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। आज तेजावी सुन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि तेजावी सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।

          April 28, 2019 12:56 pm | अर्थ


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...