

शारीरिक सम्बन्ध राखेपछि के सोच्छन् पुरुष ?

एउटा सम्बन्ध जोगाउनको लागि जति एक अर्काबीच प्रेम जरुरी छ त्यति नै जरुरी छ एक अर्कासँग नीजि पल विताउनु । त्यसमा शारीरिक सम्बन्ध राख्नु पनि सामान्य नै मानिन्छ जसले सम्बन्धमा थप मिठास ल्याउँछ ।तर एउटा अनुसन्धानले यसलाई गलत प्रमाणित गरिदिएको छ । अनुसन्धानको परिणाम माथिको भनाईभन्दा फरक निस्किएको छ । अनुसन्धानको अनुसार शारीरिक सम्बन्ध राखेपछि पुरुषहरु दुखी हुन्छन् ।
महिलामा मात्र होइन पुरुषमा पनि हुन्छ यस्तो समस्या : यो अनुसन्धान जर्नल अफ सेक्स र म्यारिटल थेरापीमा प्रकाशित भएको थियो । जसको अनुसार महिलाहरुजस्तै पुरुष पनि पोस्ट–कोइटल डिस्फोरियाबाट ग्रसित हुन्छन् । पीसीडी (पोस्ट–कोइटल डिस्फोरिया) यस्तो बिरामी हो जुन व्यक्तिको भित्र शारीरिक सम्बन्ध बनाएपछि उदासी, चिन्ता, चिडचिडाहट र रिस पैदा हुन थाल्छ ।
अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताका अनुसार यस्ता गुनासाहरु महिलामा पाइन्थ्यो । तर, पुरुषहरुमा पनि यस्ता भावनहरु पैदा हुने पहिलो पटक पत्ता लागेको हो । यस अनुसन्धानमा संलग्न जोएल म्याकज्कोविएकले बताएअनुसार रिसर्चको लागि अनलाइन सर्वेक्षणको माध्यमबाट अस्ट्रेलिया, अमेरिका, यूके, रुस, न्यूजील्याण्ड, जर्मनी र अन्य देशका गरी १२०८ पुरुषलाई सहभागी गराइएको थियो । अनुसन्धानको नतिजाअनुसार चालीस प्रतिशत पुरुषले आफ्नो पूरै जीवनमा पीसीडीको अनुभव गरेको स्वीकार गरे । भने बीस प्रतिशतले चार हप्तामा पोस्ट–कोइटल डिस्फोरियाको प्रभाव महसुष गरेका थिए ।
May 28, 2019 5:29 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

