किन पुरुष विहान, महिला राती चञ्चले हुन्छन् ?
हाम्रो समाजमा खुल्ला रुपमा सेक्सका विषयमा कुरा हुन सक्दैन् । यही बन्देजका कारण आफ्नो यौन समस्या र कमजोरी एक आपसमा छलफल गर्न नसक्दा पारिवारीक कलह समेत हुने गर्छ । बैवाहिक जीवन सुखी बनाउन सेक्स लाइफको भुमिका ठुलो छ । सेक्स आम जीवनमा खान, नाना र छानापछिको जरुरी बस्तु हो । कतिपय अबस्थामा श्रीमन्ले श्रीमतीलाई वा श्रीमतीले श्रीमान्लाई बुझ्न नसक्दा विभिन्न समस्याहरु देखिन्छ ।
महिला र पुरुषबीचमा केही यस्ता हार्माेनले यौनका विषयलाई लिएर फरक बनाउने गर्छ । सेक्स सबैलेलागि आवश्यक भएपनि बायोलोजिकल जानकारी नहुँदा हामीले सेक्सकालागि उपयुक्त समयका विषयमा जानकारी समेत पाउन सकेका हुदैनौँ । भर्खरै अमेरीकाको अमेरीकन मेडिकल एसोसिएसनले गरेको एक रिसर्चमा पुरुष र महिलाबीच सेक्सको लागि समय रोजाई ठ्याक्कै उल्टो हुने गरेको छ । हार्मेनका कारण पुरुषलाई र महिलालाई भिन्दा भिन्दै समयमा सेक्स सम्बन्धि रुचीको समय फरक पार्ने गरेको छ ।
पुरूषहरु विहानीपख सेक्समा धेरै चासो राख्छन् भने यसको उल्टो महिलाहरुलाई भने रातको समयमा सेक्स सम्बन्धि रुची जाग्ने गरेको छ । अनुसन्धानका अनुसार यस्तो भने हार्माेनले गराउछ । रातमा महिलाहरु रोमान्टिक बन्ने र विहान उनीहरुलाई खासै चासो हुदैन् ।अनी ठ्याक्कै उल्टो राती पुरुषहरुलाई चासो नहुने र विहानी असाध्यै मन हुने गर्छ । अनुसन्धानमा विहान ५ बजेदेखि ७ बजेसम्म पुरुषको टेष्टेस्टेरोनको मात्रा बढ्ने जसले गर्दा पुरुषहरु चञ्चले बन्ने गर्छन् । अन्य समयमा भन्दा विहानको यो समयमा सेक्स हॉर्मोन १६ देखि ५० प्रतिशतसम्म बढि हुन्छ ।
महिलाहरुमा पनि पुरुषहरुमा जस्तै टेस्टेस्टेरोन हार्माेनले सेक्स सम्बन्धि रुची जगाउने गर्छ । तर एस्ट्रोजन और प्रोजेस्टेरोनका कारण सामान्य अबस्थामा रहन्छ । महिलाहरुमा यसको मात्रा रातको समयमा बढि हुन्छ । र रातलाई रंगिन बनाउन चञ्चल हुने गर्छन् ।अनुसन्धानले पुरुषलाइ राति जत्ति गहिरो निन्द्रा लाग्छ उत्ति नै टेस्टेस्टेरोनको मात्रा बढ्छ । अमेरिकन मेडिकल एसोसिएसनको यो अनुसन्धानले ५ घण्टा भन्दा धेरै सुत्ने पुरुषको टेस्टेस्टेरोनको मात्रा १५ प्रतिशत बढ्ने जनाएको छ ।
सोधका अनुसार सुतेर उठेका पुरुषहरुमा सेक्सको चाहाना ज्यादा हुन्छ भने महिलालाई सुतेर उठेपछि भने ज्यादै कम चाहना हुन्छ । साँझको ६ बजेदेखि पुरुषमा टेस्टेस्टेरोनको मात्रा कम हुन थाल्छ । तर महिलाहरुमा भने यसपछि बढ्न थाल्छ । साँझ पछि महिलाहरुमा ३० प्रतिशत ज्यादा सेक्सको चाहाना बढ्न थाल्छ । यस्तै कार्यालयको कामको कारण हुने समस्याले गर्दा पुरुषहरुमा टेस्टेस्टेरोन की मात्रा घट्ने हुन्छ भने खुसि हुने केही कारण पाए टेस्टेस्टेरोन २० प्रतिशतसम्म बढ्छ ।
June 20, 2019 11:59 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ