भगवानले हेर्दाहेर्दै मन्दिर भित्रैबाट २२ मुर्ति चोरी
काठमाडौ । सामान्यतया मसानघाटमा मानिसहरुले क फेला पार्न सक्छन् ? तर यहाँको एक मसानघाटमा भगवानका मुर्तिहरु फेला परेका छन् । भारत मध्य प्रदेशको भिडभाडयुक्त शहरको शान्तिनाथ दिगम्बर जैन मन्दिरबाट आइतबार बिहान चोरी भएका अष्टधातुका २२ मुर्ति फेला परेका छन् ।
जानकारी अनुसार प्रहरीको डरले मुर्ति चोरहरुले ति मुर्तिहरुलाई मसानघाटमा फ्यालेका थिए । मन्दिरमा भएको चोरीलाई लिएर जैन समाज आन्दोलनको तयारीमा रहेको बेला यसरी मूर्ती भेटिएको हो ।यहाँको फूफ कस्बेको श्री शान्तिनाथ दिगम्बर जैन मन्दिरबाट २२ मुर्तिहरु चोरी भएका थिए । जानकारी अनुसार मन्दिरमा ३३ मुर्ति भएकोमा चोरहरुले २२ वटा लिएर बाँकी त्यही छोडेर भागेका थिए ।
चोरहरुले छोडेर गएका मुर्तिहरुमा सुनको जस्तो टलक थिएन् । चोरी भएका मुर्ति भने सुनजस्तै देखिएको बताइएको छ । जैन समाजका व्यक्तिहरुले दिएको जानकारी अनुसार चोरहरुले अष्टधातुको मुर्तिलाई सुनको भनेर लिएका हुन् ।
यस्तै मुर्ति भेट्नेलाई इनाम दिने भन्दै एसपी रूडोल्फ अल्वारेसले घोषणा पनि गरेका थिए । मन्दिरमा विभिन्न तिर्थस्थल र भगवानहरुका १०० वर्ष पुराना ३३ मुर्तिहरु राखिएको थियो एसपी अल्वारेस मुर्ति चोर पत्ता लगाउनेहरुलाई १० हजार (भारु) दिने बताएका थिए । यस्तै चोरीपछि दिगम्बर जैन समाजका व्यक्तिहरु रिसाएका थिए । उनीहरुले मुर्ति चोरलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै आएका छन् ।
June 25, 2019 2:00 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो