भगवानले हेर्दाहेर्दै मन्दिर भित्रैबाट २२ मुर्ति चोरी
काठमाडौ । सामान्यतया मसानघाटमा मानिसहरुले क फेला पार्न सक्छन् ? तर यहाँको एक मसानघाटमा भगवानका मुर्तिहरु फेला परेका छन् । भारत मध्य प्रदेशको भिडभाडयुक्त शहरको शान्तिनाथ दिगम्बर जैन मन्दिरबाट आइतबार बिहान चोरी भएका अष्टधातुका २२ मुर्ति फेला परेका छन् ।
जानकारी अनुसार प्रहरीको डरले मुर्ति चोरहरुले ति मुर्तिहरुलाई मसानघाटमा फ्यालेका थिए । मन्दिरमा भएको चोरीलाई लिएर जैन समाज आन्दोलनको तयारीमा रहेको बेला यसरी मूर्ती भेटिएको हो ।यहाँको फूफ कस्बेको श्री शान्तिनाथ दिगम्बर जैन मन्दिरबाट २२ मुर्तिहरु चोरी भएका थिए । जानकारी अनुसार मन्दिरमा ३३ मुर्ति भएकोमा चोरहरुले २२ वटा लिएर बाँकी त्यही छोडेर भागेका थिए ।
चोरहरुले छोडेर गएका मुर्तिहरुमा सुनको जस्तो टलक थिएन् । चोरी भएका मुर्ति भने सुनजस्तै देखिएको बताइएको छ । जैन समाजका व्यक्तिहरुले दिएको जानकारी अनुसार चोरहरुले अष्टधातुको मुर्तिलाई सुनको भनेर लिएका हुन् ।
यस्तै मुर्ति भेट्नेलाई इनाम दिने भन्दै एसपी रूडोल्फ अल्वारेसले घोषणा पनि गरेका थिए । मन्दिरमा विभिन्न तिर्थस्थल र भगवानहरुका १०० वर्ष पुराना ३३ मुर्तिहरु राखिएको थियो एसपी अल्वारेस मुर्ति चोर पत्ता लगाउनेहरुलाई १० हजार (भारु) दिने बताएका थिए । यस्तै चोरीपछि दिगम्बर जैन समाजका व्यक्तिहरु रिसाएका थिए । उनीहरुले मुर्ति चोरलाई पक्राउ गरेर कारबाही गर्न माग गर्दै आएका छन् ।
June 25, 2019 2:00 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी