पानीमा केहीबेर भिजेपछि छाला किन चाउरी पर्छ ? यस्तो छ कारण
नुहाएपछि होस् वा कहिले कहिँ धेरै बेरसम्म पानी चलाउँदा हाम्रो शरिरको केही हिस्साको छाला खुम्चिने गरेको देखिन्छ । हात, हत्केला, औँलाको छाला धेरैबेर पानीमा रहँदा खुम्चेर चाउरिएझैँ देखिन थाल्छ ।हामीहरुले भने शरीरमा पानीको मात्रा कम भएको कारणले हाम्रो छाला खुम्चिने वा चाउरी परेको भनेर सोच्ने गर्छौं र धेरै पानी पिउन सुरु गर्छौं । वास्तवमा यसको कारण यो नभएर अर्कै हुने गरेको पाइएको छ । यो कुनै रोग भने होइन ।
बैज्ञानिकहरुले यस बारेमा विभिन्न अनुशन्धान गरेपछि यस बारेमा धेरै कुराहरु बाहिरिएको छ । शरिर हुने विभिन्न बायोकेमिकल प्रतिक्रियाको कारण पानीमा धेरै बेर रहदा यस्तो हुने बताइएको छ । पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कने भएको कारणले गर्दा उक्त ठाउँको छाला खुम्चिन पुग्छ । यस प्रक्रियालाई ओस्मोसिस भन्ने गरिन्छ भने यस प्रक्रियाको लागि मस्तिष्कबाटै निर्देशन प्राप्त भएको हुन्छ । हाम्रो शरिरले वातावरण परिवर्तन भएसंगै त्यहि अनुसार आफुलाई पनि परिवर्तन गर्ने क्षमता राख्दछ । भिजेको हातले केहि सामान उठाउन निकै गाह्रो हुने गर्दछ । त्यसैले, छाला भिजेको बेला हामी ठिक ढंकले चिजहरुलाई समाउन सकेउ भने शरिरले उक्त भिजेको छालाको हिस्सामा चाउरी पर्ने गर्छ ।
जब चाउरी पर्ने गरी हात भिजाएर कुनै पनि वस्तु समात्न सहज हुने थाहा भएपछि हाम्रो शरिरले वातावरण अनुसार आफुलाई ढाल्न सक्छ भन्ने रहस्य खुल्यो ।भिजेको खुट्टाले भुइँमा टेक्दा चिप्लिने बढी डर हुने तथा भिजेको हातले कुनै सामान समात्न खोज्दा चिप्लो भएर झर्न सक्छ ।तर, कम्तिमा ५ मिनेट पानीमा भिजेको हात वा खुट्टामा पर्ने चाउरीको कारण चिप्लोपना कम हुन्छ र हामी हिड्दा चिप्लीदैनौ र साथै हाम्रो हातबाट सामान खस्ने संम्भावना पनि कम हुन्छ । यसको मतलब पानीमा भिजेर छाला चाउरी पर्नुको कारण शरिरले आफ्नो रक्षा गर्नका लागि अपनाएको एक विधि हो ।
July 3, 2019 5:30 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ