

पानीमा केहीबेर भिजेपछि छाला किन चाउरी पर्छ ? यस्तो छ कारण

नुहाएपछि होस् वा कहिले कहिँ धेरै बेरसम्म पानी चलाउँदा हाम्रो शरिरको केही हिस्साको छाला खुम्चिने गरेको देखिन्छ । हात, हत्केला, औँलाको छाला धेरैबेर पानीमा रहँदा खुम्चेर चाउरिएझैँ देखिन थाल्छ ।हामीहरुले भने शरीरमा पानीको मात्रा कम भएको कारणले हाम्रो छाला खुम्चिने वा चाउरी परेको भनेर सोच्ने गर्छौं र धेरै पानी पिउन सुरु गर्छौं । वास्तवमा यसको कारण यो नभएर अर्कै हुने गरेको पाइएको छ । यो कुनै रोग भने होइन ।
बैज्ञानिकहरुले यस बारेमा विभिन्न अनुशन्धान गरेपछि यस बारेमा धेरै कुराहरु बाहिरिएको छ । शरिर हुने विभिन्न बायोकेमिकल प्रतिक्रियाको कारण पानीमा धेरै बेर रहदा यस्तो हुने बताइएको छ । पानीमा रहँदा हाम्रो छालाबाट सामान्य भन्दा अधिक कोष बाहिर निस्कने भएको कारणले गर्दा उक्त ठाउँको छाला खुम्चिन पुग्छ । यस प्रक्रियालाई ओस्मोसिस भन्ने गरिन्छ भने यस प्रक्रियाको लागि मस्तिष्कबाटै निर्देशन प्राप्त भएको हुन्छ । हाम्रो शरिरले वातावरण परिवर्तन भएसंगै त्यहि अनुसार आफुलाई पनि परिवर्तन गर्ने क्षमता राख्दछ । भिजेको हातले केहि सामान उठाउन निकै गाह्रो हुने गर्दछ । त्यसैले, छाला भिजेको बेला हामी ठिक ढंकले चिजहरुलाई समाउन सकेउ भने शरिरले उक्त भिजेको छालाको हिस्सामा चाउरी पर्ने गर्छ ।
जब चाउरी पर्ने गरी हात भिजाएर कुनै पनि वस्तु समात्न सहज हुने थाहा भएपछि हाम्रो शरिरले वातावरण अनुसार आफुलाई ढाल्न सक्छ भन्ने रहस्य खुल्यो ।भिजेको खुट्टाले भुइँमा टेक्दा चिप्लिने बढी डर हुने तथा भिजेको हातले कुनै सामान समात्न खोज्दा चिप्लो भएर झर्न सक्छ ।तर, कम्तिमा ५ मिनेट पानीमा भिजेको हात वा खुट्टामा पर्ने चाउरीको कारण चिप्लोपना कम हुन्छ र हामी हिड्दा चिप्लीदैनौ र साथै हाम्रो हातबाट सामान खस्ने संम्भावना पनि कम हुन्छ । यसको मतलब पानीमा भिजेर छाला चाउरी पर्नुको कारण शरिरले आफ्नो रक्षा गर्नका लागि अपनाएको एक विधि हो ।
July 3, 2019 5:30 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

नेपाल उत्तर काेरियासँग ११–० ले पराजित

एनआरएन कुवेतले (बद्री पक्ष ) द्वारा पत्रकार सम्मेलन सम्पन्न

सामुदायिक बिधालयको स्तर खस्किएको होइन खस्काइएको हो भन्ने बारेमा गोविन्द के सी को बत्तिस बर्षे शैक्षणिक अनुभव र मेरो एस एल सि अध्ययन

अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले बढाएको नयाँ भन्सार दर कार्यान्वयनमा

