राती सुत्दा अैठन भएर हैरान हुनुहुन्छ ? नराम्रो सपना देखेमा यी पाँच काम गर्न कहिल्यै नछुटाउनुहोस्
के तपाईलाई राती सुत्दा नराम्रो सपना अथवा अैठन हुने गर्छ ? कसैलाई त दैनिक त्यस्तै समस्याले सताउने गर्छ । यस्तो समस्याबाट छुटकारा पाउनको लागि शास्त्र अनुसार यसो गर्नुहोस्।
१. सुकमेलः यदि रातको समयमा तपाईलाई डरलाग्दो सपनाले सताईरहेको छ भने ५ वटा जति सुकमेल कपडामा बेरेर आफ्नो सिरानीको नजिक राख्नु पर्छ ।
२. पानीले भरेको तामाको भाडाः निद्रामा डर लाग्ने सपना देखेमा पानीले भरिएको भाडा वा अम्खारा ओछ्यानको नजिक राख्नुहोस्। । बिहान उक्त पानीलाई बिरुवामा हलिदिनुहोस ।
३. चक्कुः वास्तुशास्त्रका अनुसार दैनिक डरलाग्दो सपना देखेर हैरान हुनुहुन्छ भने सिरानीमुनि चक्कु राख्नुहोस ।
४. काट्ने हतियारः यदि तपाईसंग चक्कु छैन भने काट्ने बस्तु जस्तै नङ कटर, कैची जस्ता बस्तु सिरानी मुनि राख्दा पनि नराम्रो सपना देख्दैन ।
५. पहेलो चामलः पहेलो चामलको मद्दतबाट पनि डर र नराम्रो सपनाबाट छुटकारा पाउन सकिन्छ । पहेलो चामललाई कुनै कागज वा कपडा बेरेर सिरानीमुनि राखिदिनुहोस्। ।
६. ओछ्यान सफा गर्नुहोस स् सुत्नु अघि ओछ्यान राम्ररी सफा गर्ने गर्नुहोस । फोहोर ओछ्यानमा सुत्दा पनि नराम्रो सपनाले सताउने गर्दछ ।
७. कपाल बाँधेर सुत्नुहोस स् सुत्ने समयमा कपाल खुल्ला छोडेर सुत्ने बानीले पनि डराउने सपना आउने गर्दछ । त्यसैले कपाल सधै बाँधेर सुत्ने गर्नुहोस ।
८. जुत्ता–चप्पलः सुत्ने कोठा वा ओछ्यानको वरिपरि र खाटमुनि जुत्ता चप्पल राख्दा पनि राती नराम्रो सपना आउने गर्छ ।
९. ओढ्नेः ओढ्ने कहिले पनि यस्तो प्रयोग गर्नुहुदैन । जसको रङ गाढा, धेरै प्रिन्ट, हिंसक जनावरको तस्बिर भएको हुनुहुदैन । एजेन्सी
July 4, 2019 7:48 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ