सुख र सम्वृद्धि प्राप्त गर्न चाहनुहुन्छ भने आइतबार देखि शनिबारसम्म अपनाउनुस् यी ७ उपाय !
हरेक दिन रहने हरेक बार कुनै न कुनै ग्रहसंग जोडिएको हुन्छ। हरेक बार असर रहने ग्रहको असर सामान्य बनाउनको लागि विभिन्न उपाय अपनाउन सकिन्छ। सप्ताहको सातै दिन ग्रहको शुभ असर प्राप्त गर्नको लागि ज्योतिष शास्त्रमा केहि उपायहरु उल्लेख गरिएका हुन्छन्।कुन बार कुन ग्रहको असर हुन्छ भन्ने समेत ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। कुनबार के उपाय प्रयोग गर्ने भन्ने विषयमा हामीले यस लेखमा बताउने छौँ।
आइतबार : आइतबारलाई सूर्यदेवसँग जोडिएको बारको रुपमा हेर्ने गरिन्छ। ज्योतिष शास्त्रमा सुर्यदेवलाई प्रसन्न गर्नको लागि प्रतिदिन सूर्योदयको समयमा जल अर्पित गर्नु पर्ने हुन्छ। दैनिक यस्तो कार्य गर्न सम्भव नहुनेहरुको लागि भने आइतबार यसो गरेमा यश साथै किर्ति बढेर जाने हुन्छ।
सोमवार : ज्योतिष शास्त्रका अनुसार सोमबारलाई चन्द्रसँग जोडेर हेर्ने गरिन्छ। यदि कोहि व्यक्तिको कुण्डलीमा चन्द्रमा खराब स्थिति रहेका त्यस व्यक्ति प्राय जस्ती बिमार पर्ने हुन्छ। त्यसकारण यस प्रकारका मानिसहरुले सोमबारको दिन शिवलिंगमा जलाभिषेक गर्नु पर्ने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। साथै दुधले अभिषेक गरेमा अझै राम्रो हुने मानिन्छ। महामृत्युंजय मंत्रको पाठ गर्नु भएमा पनि उचित रहन सक्ला।
मंगलवार : मंगल ग्रहलाई ज्योतिष शास्त्रमा क्रुर ग्रहको रुपमा मानिने गरिन्छ। कलहको कारक ग्रह मानिने मंगल ग्रहलाई स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिन्छ। मंगल ग्रह खराब स्थितिमा रहेको अवस्थामा मंगलबार पारेर हनुमान जीको आराधना गर्नु पर्ने हुन्छ। यस दिन गरिबलाई खान दिनु भएमा पन इ मंगल ग्रहको खराब असर हटेर जाने विश्वास गर्ने गरिन्छ।
बुधवार : ज्योतिष शास्त्रमा बुधबारलाई बुध ग्रहसँग जोडेर हेर्ने गरिन्छ। बुध ग्रहको शुभ असर तपाईको कुण्डलीमा भैराखोस भन्नको लागि हरेक बुधबार गणेश भगवानलाई लड्डूको भोग लगाउनु पर्ने हुन्छ। यसको अलावा बुधबार भगवान विष्णुको समेत आराधना गर्नु राम्रो मान्ने गरिन्छ।
बिहिबार : बिहीबारको दिनलाई बृहस्पति ग्रहसँगजोडेर हेर्ने गरिन्छ। अशुभ बृहस्पतिका असरका कारण धेरै कोशिस गर्दा पनि कहिले पनि सफलता नमिल्ने हुन्छ भने अकालमा मृत्यु समेत हुने गर्छ। बृहस्पतिको असर काम गर्नको लागि बृहस्पतिलाई पहेंलो वस्तुहरू, पहेंलो फलहरू, पहेंलो कपडाहरू अर्पित गर्नु पर्ने हुन्छ।
शुक्रवार : ज्योतिषको अनुसार, शुक्रबार शुक्रसँग सम्बन्धित रहेको बार मान्ने गरिन्छ। शुक्र भौतिक सामग्री र सुख-समृद्धिको मानिने गरिन्छ। शुक्र ग्रहलाई खुशी बनाउनको लागि शुक्रबारको दिन गरीब विवाहित महिलालाई विवाहित महिलाले प्रयोग गर्ने सामग्रीहरु उपलब्ध गराउनु पर्ने हुन्छ।
शनिवार : ज्योतिष शास्त्र के अनुसार शनिवारलाई शनि ग्रहसँग जोडेर हेर्ने गरिन्छ। यदि शनि ग्रहको नराम्रो असर परेमा बन्न लागेको कार्य समेत बिग्रने गर्दछ। शनि ग्रहको असर कम गर्नको लागि शनिबारको दिन शिवलिंगमा कालो तिल अर्पित गर्नु पर्ने हुन्छ। कालो तिलसंगै शुद्ध जल मिसाएर अर्पित गर्नु पर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ।साथै शनिबारको दिन पिपलको रुखमा जल अर्पित गर्नु पनि राम्रो मान्ने गरिन्छ।
July 9, 2019 6:22 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो