

किन पिपलको रुखमा पानी चढाएर पुजा गरिन्छ ? यस्तो छ धार्मिक र वैज्ञानिक महत्व

एजेन्सी । परापुर्व काल देखि नै हिन्दू धर्ममा पीपललाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन्। पिपलको धार्मिक मान्यता हिन्दु र बौद्व धर्ममा निकै महत्वपुर्ण मानिन्छ । पीपललाई धार्मिक, पौराणिक, आयुर्वेदिक एवम् वातावरणीय दृष्टिले समेत ज्यादै महìवपूर्ण मानिन्छ ।हिन्दु धर्मावलम्बिले पिपलको वृक्षलाई विश्णु भगवानको प्रतिक मानेर पुजा गरिन्छ । शनिबार पिपलको परिक्रमा, पूजा गर्नु, दियो बाल्नु तथा जल चढाउनु अति नै शुभ मानिन्छ। धर्मशास्त्रमा वर्णन भए अनुसार पिपलको पूजा केबल शनिबार मात्र गर्नुपर्दछ । पुराणमा भनिए अनुसार समुन्द्र मन्थनको समयमा देवी लक्ष्मी भन्दा अगाडि उनकी दिदि, अलक्ष्मी उत्पन्न भईन्, र पछि लक्ष्मी आइन । अनि देवी लक्ष्मीले श्रीविष्णुको रुप धारण गरिन, यसबाट अलक्ष्मी रुष्ट बनिन। यस्तो देखेर श्रीविष्णुले अलक्ष्मीलाई आफ्नो प्रिय वृक्ष (बासस्थान) पिपलको वृक्षमा बस्ने आदेश दिए र भने यहाँ तिमी आराधाना गर ।
म समय(समयमा तिमीलाई भेट्न आइरहन्छु साथै देवी लक्ष्मीले पनि भनिन, म प्रत्येक शनिबार तिमीसँग भेट्नको लागि पिपल वृक्षमा आउने गर्छु। भनिन्छ यही कारण शनिबारका दिन श्री विष्णु र देवी लक्ष्मी पिपलको वृक्षमा बस्ने गर्दछन् । त्यसैले शनिबारको दिन पिपलको वृक्षको पूजा गर्नु, बत्ती बाल्नु तथा जल वा तेल चढाउँदा वा परिक्रमा गर्दा पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ। साथै धन धान्यको पनि वृद्धि हुन्छ भन्ने विश्वास छ। भक्तजनको यही विश्वासका कारण नै शास्त्रमा पिपललाई देव वृक्ष भनिएको छ।
गीतामा भगवान श्रीकृष्णले त पिपलको वृक्षलाई स्वयम् आफ्नो रुप बताएका छन । श्रीकृष्ण भन्छन्, ‘अश्वत्थस् सर्ववृक्षणां’ अर्थात समस्त वृक्षहरुमा म पिपलको वृक्ष हुँ।शास्त्रमा भनिएको छ कि ‘अस्वत्थस् पूजितोयत्र पूजितास् सर्व देवतास्’ अर्थात पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताहरुको पूजा गरेको फल प्राप्त हुन्छ।वैज्ञानिक दृष्टिकोणबाट पनि पिपललाई पूजनिय मानिन्छ। किनकि यो यस्तो वृक्ष हो जसले गर्मीमा शितलता प्रदान गर्दछ र जाडोमा तातो हावा निकाल्दछ। पिपलबाट सधैं अक्सीजनको संचार हुन्छ। आयुर्वेदमा भनिएको छ कि पिपलको हरेक भाग जस्तै पात, फल सबै औषधीको रुपमा प्रयोगमा आउछ। यसबाट कयौं गम्भीर रोगहरुको पनि उपचार सम्भव हुन्छ।
July 17, 2019 4:17 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

जनमत-नाउपा एकीकरण: संरक्षक रेशम, अध्यक्ष सिके, सहअध्यक्ष रन्जिता

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा भैरहँदा प्रहरीले भन्यो, ‘अहिलेसम्म पक्राउ परेका छैनन्’

थरीथरीका आन्दोलनले काठमाण्डौको जनजीवन प्रभावित, मुख्य सडकमार्गमै हप्तौंदेखि अवरोध

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कुवेतसँगको खेलमा नेपाल टस जितेर फिल्डिङमा

