गायक सुरेन गौतको “सधै सधै” बोलको गीत (भिडियो )
काठमाण्डौ – ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई साक्षी राखी गायक सुरेन गौतमले “सधै सधै” बोलको गीत मार्फत इतिहासमा फर्किएर खड्ग शमशेर र तेजकुमारी बिचको अमर प्रेम कथालाई दर्शक र श्रोता समक्ष दमदार रुपमा प्रस्तुत गरेका छन् | सधै-सधै भन्ने शब्दले नै एउटा अमर प्रेमको कथा बोकेको र त्यो कथा अनुसार एकान्तमा गई चित्र कोरिएको र गाइएको दृश्य आफैमा उत्कृष्ट देखिएको छ | मिठो संगीत तथा कर्णप्रिय स्वरले सजिएको यो गीतमा पाल्पाको उत्कृष्ट दृश्यावलोकन गर्न पाइन्छ |
काली गण्डकीको तिरमा बनेको नेपालको “ताजमहल” उपनामले प्रसिद्ध यो रानीमहल रहेको ऐतिहासिक क्षेत्रमा बनाइएको यो भिडीयोले धेरैको मन जित्नेमा गायक आशाबादी छन् |यस गीतमा प्याट्रिक सिट्लिङको शब्द तथा संगीत रहेको गीतमा बिशाल पौडेलको संगीत संयोजन रहेको छ ।ऐतिहासिक एबम पर्यटकीयस्थल पाल्पाको रानीमहलमा छायांकन गरिएको गीतको कथा/परिकल्पना संजय गौतमले लेखेका हुन् भने भिडियोलाई गायक सुरेनले नै निर्देशन तथा सम्पादन गरेका हुन् | यस गीतमा सुरज के सी क्यामेरा एबम ड्रोन र बिष्णुहरी तिमिल्सिना कलर ग्रेडीङ रहेको छ | भिडियोलाई अर्का गायक तुलसी सिवाकोटी ले निर्माण गरेका हुन् । गायक गौतमले यसअघि ‘प्रनभ’ ‘शुभ जीवन गरेर २ वटा सांगीतिक एल्बम बजारमा ल्याएका आइसकेका छन्।यो सधै-सधै” उनको तेश्रो एल्बम “सुर-संगीत” मा समाबेश रहेको गीत हो | गायक गौतमले पहिलो गीत २०६० सालमा “तुसारो” बोलको गीत रिकर्ड गराएका थिए तर आफ्नो उच्च शिक्षाको लागि विदेश अनि स्वदेश फर्केर पनि आफ्नो पेशामा आबद्ध हुनुपरेकोले संगीतमा समय दिन पाएका थिएनन् तर २०७१ सालबाट भने उनी आफ्नो जागिर संगसंगै संगीतमा पनि निरन्तर लागि रहेका छन् | उनले ल्याएका गीतहरु मध्ये “पिरती लरी लै”, रेशमी पर्दाले छेकेन” छेक्यो डाँडा कुहिरोले” भन्ने गीतहरुले श्रोता तथा दर्शकको मन जितेका छन् |गायक सुरेन गौतको “सधै सधै” बोलको गीत (भिडियो )
July 11, 2021 4:41 pm | भिडियो,मनोरञ्जन,संगीत,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग
इरानलाई कहिल्यै पनि आणविक हतियार राख्न दिइने छैन : अमेरिकी विदेशमन्त्री
बङ्गलादेशमा बीएनपीलाई दुईतिहाइ बहुमत, विद्यार्थी आन्दोलनबाट स्थापित एनसीपीले जम्मा ५ सिट जित्यो
क्यान्सर पीडित प्रेम कुमारी लिम्बुलाई झापाली समाज कुवैतको आर्थिक