Thursday 25th April 2024

अमेरिकी सांसदको प्रतिनिधिमण्डल आज नेपाल आउँदै

2 years अगाडी

काठमाण्डाै – अमेरिकाकाे सत्तारुढ डेमाेक्र्याटिक पार्टीका सांसदहरूको एक समूह तीन दिने भ्रमणका लागि आज शुक्रवार नेपाल आउँदै छ ।

अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार जना सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की नेपाल आउनुहुने भएको हो । उहाँहरूसँगै तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स पनि नेपाल आउँदै हुनुहुन्छ ।

नेपाल अमेरिका कुटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा यो भ्रमण हुन लागेको हो । अमेरिकी संसदीय टोलीले नेपाल भ्रमणका क्रममा रुसले युक्रेनमाथि गरेको आक्रमणलगायतका विषयमा पनि छलफल गर्नेछ । टोलीका सदस्य मार्क केली नासाका पूर्वअन्तरिक्ष यात्रीसमेत हुनुहुन्छ ।

टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का र कांग्रेस सांसद मिनेन्द्र रिजालको नेतृत्वमा रहेको नेपाल–अमेरिका मैत्रीपूर्ण संसदीय समितिसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उज्यालो

          April 22, 2022 7:50 am | राजनीति


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...