Friday 10th May 2024

मृर्गौला रोगीलाई किरात राई यायोक्खा कुवेतद्वारा आर्थिक सहयोग

2 years अगाडी

कुवेत- मृर्गौला रोगीलाई किरात राई यायोक्खा कुवेतको पहलमा नेपालीहरुले आर्थिक सहयोग गरेका छन्। सोमबार ९ असार २०७९ का दिन खोटाङ ऐसेलुखर्कका ५ का ३२ वर्षीया मन्जु राई दुबै मृगौला फेलभएर मृगौला ट्रान्सल्पान्ट सहयोगार्थ रकम किरात राई यायोक्खा कुवेतको रु६५५०० पैसठ्ठी हजार पाँचसय रुपैया बिरामीकै निवास बुढानिलकन्ठ पुगेर अभियन्ता शशी थुलुङ राई(साइप्रस) किराया कुवेतका संरक्षक अमित चाम्लिङले हस्तान्तरण गरेक हुन्।

बिरामीको थप उपचारको लागि सानो भएपनि आर्थिक सहयोग गर्न पाएकोमा किराया कुवेतका अध्यक्ष तथा आर्थिक सहयोग संयोजक मन्जित चाम्लिङ राई र उपाध्यक्ष उमेश राईले पुर्ण स्वास्थलाभको कामना गरेका छन्।

अभियन्ता थुलुङले आर्थिक सहयोगि दाताहरु सबैलाई आभार प्रकट सहित बिरामिको नवीन जीवनको लागि सुभकामना व्यक्त गरेकी छन।

मन्जु राई दुबै मृगौला फेलभएर जिवनको कठिन मोड्मा उभिएको बेला आफ्नै दाजुले एउटा मृगौला दिनेभएपछि सो उपचारको लागि थप सम्भावना भएको हो। म एउटा मृगौला बैनीलाई दिन्छु अनि उ एउटा मृगौलाले बाच्नेछिन भने म पनि एउटाले बाच्नेछु।

          July 26, 2022 12:30 am | स्वास्थ्य


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...