टिकटक बनाउने क्रममा खोलाले बगाएर राेल्पामा किशोरीको ज्यान गयो
4 years अगाडी
manoj Thapa
रोल्पा – टिकटक बनाउने क्रममा खोलाले बगाएर रोल्पामा एक किशोरीको ज्यान गएको छ । खाेलाले बगाएर सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरकी १४ वर्षीया फरिदा खातुनको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्कुलबाट फर्केर टिकटक बनाउनका लागि साथीहरूसँग खोलामा खेल्न गएकी खातुनलाई सुलिचौर बजारदेखि नजिकै रहेको फगाम खोलाले बगाएर बेपत्ता बनाएको थियो । बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी र स्थानीयवासीले खोजी गर्दै जाँदा सुनिलस्मृति गाउँपालिका २ खुङ्ग्रीकाे सोनु पेट्रोल पम्प नजिकै लुङ्ग्री खोलाको किनारमा उनकाे शव भेटिएकाे प्रहरीले जनाएको छ ।
फरिदा खातुन, नाजुमा खातुन र अर्का एक जना गरी तीन जना किशोरी खोलाको किनारमा टिकटक बनाउँदै खेल्ने क्रममा फरिदालाई खोलाले बगाएको थियो । साथीलाई खोलाले बगाएपछि उनीहरूले नजिकै माछा मार्न गएका व्याक्तिलाई खबर गरेका थिए । उज्यालो
September 14, 2022 12:15 am | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
Loading...