कालीकाेट : पहिराेमा बेपत्ता भएकामध्ये एक जनाकाे शव भेटियाे
3 years अगाडी
manoj Thapa
कालीकोट – कालीकाेटकाे तिलागुफा-४ राँचुली गाउँमा गएकाे पहिराेमा परि बेपत्ता भएकामध्ये एक जनाकाे शव भेटिएकाे छ । पहिराेमा परि बेपत्ता भएका १३ जनामध्ये ५५ वर्षीय धनबहादुर शाहीको शव फेला परेकाे हाे ।
उहाँकाे शव तिलानदी पारि रुखमा अड्किएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिनुभयाे । यही असाेज २३ गते स्थानीय हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये अझै १२ जनाकाे अवस्था थाहा हुन सकेको छैन ।
बाढी पहिरोमा परि कालीकोटमा सात जनाले ज्यान गुमाएका छन् भने अझै १६ जना बेपत्ता छन् । उज्यालो
October 15, 2022 3:04 pm | दुरघटना,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
Loading...