

भारतको गुजरातमा झोलुङ्गे पुल खसेकाे घटनामा नाै जना पक्राउ

भारतको गुजरातमा एउटा झोलुङ्गे पुल खसेकाे घटनामा नाै जनालाई पक्राउ गरिएकाे छ । घटनापछि प्रहरीले पुल सञ्चालन गर्ने ठेकेदार, मेनेजर, टिकट बिक्रेता र सुरक्षागार्डसमेत गरी नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मोरवी नगरपालिकाको स्वामित्वमा रहेको पुल औद्याेगिक घरना ओरेवा ग्रुपले सञ्चालन गरिरहेको थियो ।
यस्तै झाेलुङ्गे पुल खस्दा कम्तीमा एक सय ४१ जनाको ज्यान गएको छ । मोरबी सहरमा रहेको पुल खस्दा झन्डै चार सय जना मानिस मच्छु नदीमा खसेका र तीमध्ये एक सय ४१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । एक सय ७७ जनाको उद्धार गरिएको छ । हराएकाहरूको खोजी भइरहेको छ ।
दुई सय ३० मिटर लामो पुल १९ औँ शताब्दीमा भारतमा बेलायतले शासन गर्दा निर्माण भएको थियो । मर्मतपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा याे घटना भएको हो । पुलमा मानिसहरू टिकट काटेर गएका हुन् । पुल त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्र हो । उज्यालो
November 1, 2022 12:15 am | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

