भारतको गुजरातमा झोलुङ्गे पुल खसेकाे घटनामा नाै जना पक्राउ
भारतको गुजरातमा एउटा झोलुङ्गे पुल खसेकाे घटनामा नाै जनालाई पक्राउ गरिएकाे छ । घटनापछि प्रहरीले पुल सञ्चालन गर्ने ठेकेदार, मेनेजर, टिकट बिक्रेता र सुरक्षागार्डसमेत गरी नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मोरवी नगरपालिकाको स्वामित्वमा रहेको पुल औद्याेगिक घरना ओरेवा ग्रुपले सञ्चालन गरिरहेको थियो ।
यस्तै झाेलुङ्गे पुल खस्दा कम्तीमा एक सय ४१ जनाको ज्यान गएको छ । मोरबी सहरमा रहेको पुल खस्दा झन्डै चार सय जना मानिस मच्छु नदीमा खसेका र तीमध्ये एक सय ४१ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । एक सय ७७ जनाको उद्धार गरिएको छ । हराएकाहरूको खोजी भइरहेको छ ।
दुई सय ३० मिटर लामो पुल १९ औँ शताब्दीमा भारतमा बेलायतले शासन गर्दा निर्माण भएको थियो । मर्मतपछि पुल पुनः प्रयोगमा ल्याइएको केही दिनमा याे घटना भएको हो । पुलमा मानिसहरू टिकट काटेर गएका हुन् । पुल त्यस क्षेत्रको एउटा प्रख्यात पर्यटकीय केन्द्र हो । उज्यालो
November 1, 2022 12:15 am | दुरघटना
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ