Monday 23rd February 2026

कुवेतमा खोटाङकी कल्पना राइको मृत्यु , परिवारलाइ सम्पर्कमा आउँन नेपाली दुताबासको अनुरोध

3 years अगाडी

कुवेत-बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु  भएको छ खोटाङ् जिल्ला आइसेलुखाराक ५ फुर्सेकी कल्पना राईले नोभेम्बर १६ तारिख आत्महत्या गरेको बुझिएको छ । घरेलु कामदारको रुपमा कार्यरत  पासपोर्ट  नम्बर १०६८४८०५ रहेकी मृतक राईको परिवारलाई सम्पर्कमा आउँन नेपाली दुताबास कुवेतका दुर्तीय सचिब श्रीकृष्ण सिलवालले  आग्रह गर्नु भएको  छ। केकारणले   उनले आत्महात्या गरिन भन्ने बारेमा खुल्न सकेको छैन ।

मृतकको  परिवार सम्पर्कमा आए पश्चात मृतक राईको सब नेपाल पठाउने   प्रक्रिया अघि बढ्ने हुदा  यदि कुवेतमा कार्यरत  खोटाङ्ग  जिल्लाबासी  कसैलाई  मृतक राईको बारेमा जानकारी र परिवारसँग चिनजान भएमा नेपाली दुतावास कुवेतमा सम्पर्क गराईदिनु हुन् समेत नेपाली दुतावासले  अनुरोध गरेको छ ।

          November 23, 2022 6:12 pm | दुरघटना


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...