आठ महिनामा कुवेतले गर्यो २५ हजारभन्दा धेरै विदेशी नागरिकलाई ‘डिपोर्ट’
काठमाण्डौ – गएको ८ महिनामा कुवेतले २५ हजारभन्दा धेरै विदेशी नागरिकहरूलाई देश निकाला ‘डिपोर्ट’ गरेको छ ।
जनवरी २०२३ देखि अगष्ट १९ सम्ममा आठ महिनाको अवधिमा कुवेत बसोबासको नियम उल्लङ्घन गर्ने २५ हजारभन्दा धेरै विदेशी नागरिकहरूलाई देश निकाला गरिएको गल्फ न्युजले समाचार लेखेको छ । जसमध्येमा १० हजार जना महिला रहेका छन् ।
दैनिक जसो एक सयभन्दा धेरैको सङ्ख्यामा विदेशी नागरिकहरूलाई कुवेतले डिपोर्ट गरिरहेको छ ।
डिपोर्ट गरिएकाहरूले बसोबासको नियमसँगै लागू औषधको दुर्व्यसनी र वितरण गर्ने, माग्नेहरू र राष्ट्रिय सुरक्षामा असर पुग्ने खालका विभिन्न कानुनको उल्लङ्घन गरेको कुवेतले जनाएको छ ।
पछिल्लो समय कुवेतका प्रथम उपप्रधान तथा इन्टेरियर मन्त्री शेख तलाल अल खालिदले देशलाई कानुन उल्लङ्घन गर्नेहरूबाट सुरक्षित राख्ने नीति ल्याउनु भएको छ । यो नीतिसँगै कुवेतले कानुन उल्लङ्घन गर्ने विदेशी नागरिकहरूलाई देश निकाला गरेर स्वदेश फर्काई दिइरहेको छ ।
यसका साथै कुवेतले आफ्नो देशको जनसङ्ख्या र विदेशी नागरिकहरुबीच सन्तुलन कायम गर्न खोजिरहेको छ भने देशमा हुने अनियमित रोजगारीको अन्त्य गर्ने कुवेतको नीति रहेको छ ।
कुवेतमा कुवेती नागरिकभन्दा धेरै विदेशी नागरिकहरुको सङ्ख्या रहेको छ । जम्मा जनसङ्ख्याको ६० प्रतिशत विदेशी नागरिक छन् भने ३८ देखि ४२ प्रतिशत मात्रै कुवेती नागरिकको बसोबास रहेको छ ।
विदेशी नागरिकहरुमा सबैभन्दा धेरै एसियन देशका नागरिकहरू रहेका छन् । उज्यालो
August 29, 2023 5:33 pm | देश परदेश समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर
कुवेतमा नेपाल पत्रकार महासंघको ७१औं स्थापना दिवस सम्पन्न; ‘एआई र पत्रकारिता’ विषयमा विशेष अभिमुखीकरण
अर्थ मन्त्रालयद्वारा बजेट मार्गदर्शन तयार
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ