देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेकाे छ : मदनकृष्ण श्रेष्ठ
काठमाण्डाै – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले देशमा भ्रष्टाचार र तस्करीको पराकाष्ठा भइरहेको बताउनुभएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले अहिले पहिलाको दाँजोमा नराम्रो कामले जितेको दाबी गर्नुभयो । उहाँले अहिले भ्रष्टाचार, अत्याचार, नातावाद, कृपावाद पहिलाको भन्दा बढेको भन्दै दुःख व्यक्त गर्नुभयो । श्रेष्ठले अहिले विकृति झनै मौलाइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले भ्रष्टाचारको पराकाष्ठा भइरहेको छ । तस्करको पराकाष्ठा भइरहेको छ । पहिलाको दाँजोमा नराम्रो कामले धेरै जितेको छ । त्यो बेला सबै राम्रो होइन तर अहिले झनै धेरै विकृति बढ्यो ।’
कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठलाई पुरस्कृत गरिएकाे थियाे । उहाँले अहिले अवार्ड पाउँदा आफूले गरेका काममा स्याबासी पाएको महसुस भएको बताउनुभयो । उज्यालो
September 19, 2023 8:05 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर