Friday 3rd May 2024

धनुषामा ६ वर्षीया बालिका मृत फेला

5 months अगाडी

काठमाण्डाै – धनुषामा ६ वर्षीया एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी बालिका राखी यादवको हत्या भएको हो ।

गएराति बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा भेटिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब निरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो । बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताउनुभयो ।  उज्यालो

          December 15, 2023 12:00 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...