गेटामा बस्न नपाएपछि डा. केसीको अनसन लक्ष्मीनारायण मन्दिरको धर्मशालामा
काठमाण्डाै – डाक्टर गोविन्द केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन शुरु गर्नुभएको छ । गेटा अस्पतालमा अनसन बस्न लागे पनि विश्वविद्यालय स्थापनार्थ सङ्घर्षरत स्थानीयले अवरोध गरेपछि उहाँले हिजो बेलुकीदेखि धर्मशालामा तीन दिने अनसन शुरु गर्नुभएको हो ।
सङ्घर्षरत समूहले डा. केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाउँदै अवरोध गरेका हुन् । गेटा मेडिकल कलेजको सञ्चालनलगायत पहिलेका मागको कार्यान्वयनसहित डा. केसीले अनसन शुरु गर्नुभएको हो । उहाँले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग गर्नुभएको छ ।
यस्तै, १०० शय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रम शुरु गर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबण्डा निषेध गर्दै यस अगाडि सम्झौता भए बमोजिमका मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयहरुमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने डा. केसीको माग छ । उज्यालो
December 16, 2023 11:56 am | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
५ वर्षमा भ्रष्टाचार मुद्दा तेब्बरले बढ्याे, मन्त्री र सचिवदेखि जनप्रतिनिधिसम्म प्रतिवादी
हप्तामा दुई दिन बिदा र शैक्षिक सत्र पछि सार्दा शैक्षिक कार्यक्रममा असर पर्ने चिन्ता
खोटाङ कुवेत सम्पर्क मञ्चको २४ अप्रिल २०२६ मा हुने भनीयको कार्यक्रम स्थगित भयको छ्।
आज जनआन्दोलन दिवस मनाइँदै
ट्रम्पले दिएको समयसीमा नजिकिँदै गर्दा अडान नछाड्ने इरानको सङ्केत
खुल्यो फेवातालको फाइल, झिसमिसेमै चल्यो डोजर